फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

अध्यादेशबारे ७ बुँदे शंकल्प प्रस्ताव जारि गर्दै बचत संघकाे साधारणसभा

केदार दहाल

चरिकोट, २६ पौष
दाेलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २६ औँ वार्षिक साधारण सभा तथा २९औँ स्थापना दिवस शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेश सभाका सदस्य माननीय भरत ब केसिले उद्घाटन गरेका थिए ।

संघका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा सम्पन्न साधारण सभामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि का बरिस्ठ उपाध्यक्ष जिवस राज खड्का, सल्लाहकार भीम प्रसाद दहाल, जिल्ला सहकारी संघका अध्यक्ष देवि प्रसाद शर्मा, पत्रकार लक्ष्मण खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभामा महासचिव तेन्जिङ शेर्पाले संघकाे बार्षिक प्रतिवेदन साथै आगामी प्रस्तावित कार्यक्रम र काेषाध्यक्ष पर्शुराम कार्कीले आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मको कुल ४० करोड ८१ लाख २९ हजार २३ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघले यस वर्ष ५४ लाख ६५ हजार ५३४ रुपैया नाफा कमाएको थियो भने यस वर्ष शेयर लाँभास १३% ले वितरण गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी आन्तरिक लेखा सुपरिवेक्षण समितिकाे प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयाेजक श्री गाेपालध्वज श्रेष्ठले प्रस्तुत गरेका थिए । वार्षिक साधारणसभाको अवसर पारेर संघले सहकारी अभियानमा विशेष योगदान पुर्‍याएको भन्दै फरक फरक विधामा विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । जसमध्ये उत्कृष्ट संचारकर्मी पुरस्कार जिरी रेडियोका स्टेसन मेनेजर सिर्जना गाेलेलाई प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ट सहकारी अभियान्ता पुष्कर कुमार दहाल, उत्कृष्ट बचत तथा ऋणको कारेवार गर्ने संस्था जनश्रमिक साकोस तामाकोसी ३ र उत्कृष्ट लगानी गर्ने संसकाे रुपमा मिलिजुली कालिन्चाेक साकाेस भिनपा ६, जिल्ला उत्कृष्ट सहकारी संस्था हाम्रो तामाकोसी साकाेस तामाकोसी ५, उत्कृष्ट सेवा उपयाेग संस्थाका रुपमा पराेपकार महिला साकाेस, उत्कृष्ट व्यवस्थापकमा हाम्रो अर्थभूमि साकोसका व्यवस्थापक श्री मन कुमार श्रेष्ठ र पूर्व संचालक सम्मान देवि प्रसाद शर्मालाई सम्मान गरिएको छ ।


साथै २६ औ वार्षिक साधारण सभाले नेपाल सरकारले पछिल्लो समय जारी गरेको सहकारी सम्बन्धि केहि नेपाल ऐन संशोधन गर्न ल्याएको अध्यादेश २०८१ का सम्बन्धलाई सहकारी अभियानको तर्फबाट ७ बुँदे संकल्प प्रस्ताव पारित गर्दै जारी गरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

नेपाली काङ्ग्रेस बैतेश्वर काठमाडौं सम्पर्क समिति गठन

Friendship Khabar

वैतेश्वर बाम गठबन्धन द्वारा संयुक्त घोषणा पत्र सार्वजनिक

Friendship Khabar

ह्युल सुम प्रथम गाेल्ड कप-२०८० काे उपाधि खाेल्मे स्पोर्ट्स क्लबलाई

Kedar Dahal