फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश

आजदेखि २ दिन माथिल्लो तामाकोसीकाे उत्पादन बन्द

दोलखा/देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत केन्द्र फेरि आजदेखि दुई दिन बन्द भएको छ । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको मर्मत गरेर एक महिनाअघि आंशिक सञ्चालनमा आएको हो ।

अब पिकिङ रूपमा सञ्चालनको तयारी उत्पादन बन्द गरेर सफाइ गर्न उत्पादन बन्द गरेको हाे । बाढी क्षतिग्रस्त संरचनाको बालुवा थिग्राउने पोखरी र भूमिगत कल्भर्टको सरसफाइ र आंशिक मर्मत गरेर ८८ दिनपछि सञ्चालनमा आएको थियो । अहिले नदी प्रवाहमा आधारित भएर सञ्चालन हुँदै आएको छ थियाे ।

अर्धजलाशययुक्त आयोजना भएकाले अब विद्युतको उच्च माग हुने बिहान र साँझमा मात्रै सञ्चालन गर्नको तयारी गरेको हो । यो जलविद्युत केन्द्रको जलाशयमा पानी जम्मा गरेर दैनिक चार घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिन्छ । दोलखाको विगू गाउँपालिका–१ मा रहेको जलविद्युत केन्द्रको क्षमता ४५६ मेगावाट रहेको छ । अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले अब विद्युतगृह पूर्ण क्षमतामा सञ्चालन गर्ने पूर्व तयारीमा लागेको जानकारी दिए ।

विद्युत उत्पादन सुचारु गर्दै गर्दा दुईवटा पोखरीको बीचको क्षतिग्रस्त कंक्रिट वालको काम पनि जारी भएकाले त्यसमा स्क्याफोल्डिङ गरिएको छ । परामर्शदाताले वालमा कंक्रिट गरेपछि कम्तीमा २१ दिन स्क्याफोल्डिङ नखोल्न सुझाव दिएकाले पोखरीमा छ । अब काम गर्दा रहेका स्क्याफोल्डिङ, फर्मा निकाल्ने लगायतका फलामका टुक्रा सफा गर्नका लागि दुई दिन लाग्ने भएकाले त्यो बीचमा उत्पादन बन्द गरिएकाे उनले बताए । सबै स्क्याफोल्डिङ खोलेपछि केही ठाउँमा ग्राउडिङ समेत गर्नुपर्छ ।

शनिबार विहानैदेखि पोखरी सफाइका लागि नदी फर्काएर सफा गरिदै छ । सबै पूर्व तयारीको काम गर्नका लागि कम्तीमा दुई दिन लाग्ने गौतमले जानकारी दिए । अपर तामाकोसीले शनिबार र आइतबार उत्पादन बन्द गरेर सोमबार (माघ ७ गते) देखि उत्पादन सुचारु गर्ने तयारी गरेको उनले जानकारी दिए । अत्यावश्यक समयमा यो जलविद्युत केन्द्र पूर्ण क्षमतामा सञ्चालन गर्न नेपाल विद्युत प्राधिकरणलाई विद्युतको माग व्यवस्थापन गर्न सहज हुन्छ ।

साँझको विद्युतको माग पूरा गर्न भारतबाट आयत गर्दा महँगो पर्छ । क्षतिग्रस्त संरचना मर्मतपछि विद्युत उत्पादन सुचारु गर्दा एक महिनाअघि (गत पुस ९) बाँधस्थल लामाबगरमा क्षति नहोस् भन्ने कामनासहित हिन्दु र बौद्ध धर्मअनुसार पूजापाठसमेत गरेका थिए । अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीका कारण गत असोज ११ गते साँझदेखि माथिल्लो तामाकोसीको बाँधको सबै ढोका खोलेर उत्पादन बन्द गरेको थियो ।

विद्युतगृह बन्द गर्दा विद्युतगृह र सुरुङ सुरक्षित रहे तापनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको बालुवा थिग्राउने पोखरी(डिस्याण्डर) र भूमिगत नहरमा ठूलो क्षति भएको थियो । माथिल्लो तामाकोसी पुर्न सञ्चालनमा आएपछि लोडसेडिङ गर्नु पर्ने अवस्था हटेको छ भने विद्युतको माग धान्नका लागि अरबौं खर्च गरेर भारतबाट विद्युत आयत गर्नुपर्ने पनि कम भएको छ । क्षति भएको सुरुवाति दिनदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित अपर तामाकोसीका सिंगो टिम खटिँदै आएको थियो ।

आपतकालीन अवस्थामा रोल्वालिङ खोला जलविद्युत आयोजनाकै निर्माण कम्पनी हाई हिमाल कन्स्ट्रक्सनमार्फत् सफा गर्ने र मर्मतको काम गरेको हो । बढी क्षति भएको दायाँ तर्फको पोखरी पुनर्निर्माणका लागि भने सार्वजनिक खरिद ऐनअन्र्तगत ठेक्का आह्वान भएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए । त्यसको ठेकेदार छनोट गरी वर्षात्अघि नै काम पूरा गर्ने कम्पनीको लक्ष्य छ । सुरक्षा कक्ष भवनका लागि अर्धभूमिगत रूपमा बनाउने गरी डिजाइनको काम जारी छ ।

पहिरोले हेडवक्स क्षेत्रको सुरक्षा नियन्त्रण गृहसमेत पूर्ण रूपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका दुईजना र माथिल्लो तामाकोसीकै दुईजना कर्मचारीसहित चार जनाको ज्यानसमेत गएको थियो । माथिल्लो तामाकोसीको दुईवटा पोखरीमध्ये दायाँतर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँतर्फको २० प्रतिशत क्षति भएको थियो । हेडवक्र्स क्षेत्रमा बाढी र पहिरोले क्षति भएको एक अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

समाजवादी दोलखा द्वारा प्रशासनमा ११ बुदे ज्ञापन पत्र,यस्ता छन मागहरू

Nabin Kumar Khatiwada

माओवादी केन्द्र काब्रेको कार्यालय उद्घाटन दर्जनौं नेता कार्यकर्ता प्रवेश

Friendship Khabar

उषा गजुरेलको गीत मौसमको भिडियो सार्वजनिक

Friendship Khabar