फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार शिक्षा स्थानीय समाचार

दोलखाको विकट गाउँमा ११४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कालिञ्चोक (दोलखा), जेठ २३— दोलखाको कालिञ्चोक गाउँपालिका–१ स्थित बालोदय मावि र दिव्यश्वरी माविमा अध्ययनरत कक्षा ८ र ९ का ११४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

शुक्रबार सम्पन्न कार्यक्रममा बालोदय माविका ८१ जना र दिव्यश्वरी माविका ३३ जना गरी ११४ जना विपन्न विद्यार्थीलाई एक दर्जन कापी र एक दर्जन कलम वितरण गरिएको हो।

कार्यक्रम नेवा फाउन्डेसन नेदरल्यान्डको आर्थिक सहयोग र कालिञ्चोक एकीकृत सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालित केयर परियोजनाअन्तर्गत आयोजना गरिएको हो।

कार्यक्रममा वडाध्यक्ष पदम थामीले शैक्षिक सामग्री अभावले पठनपाठनमा कठिनाइ भोग्दै आएका विद्यार्थीलाई राहत पुग्ने विश्वास व्यक्त गरे।

परियोजनाका जिल्ला संयोजक राजन केसीले दोलखाको विकट गाउँमा शिक्षा पहुँच सुनिश्चित गर्न सामग्री वितरण पहल गरिएको जानकारी दिए।

बालोदय माविका प्रधानाध्यापक कमल पाख्रिनले सामाग्री पाएपछि विद्यार्थीको अनुहारमा देखिएको खुसीले गाउँमै सकारात्मक परिवर्तन आउने विश्वास दिलाएको बताए। दिव्यश्वरी माविका प्रधानाध्यापक रुपक श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीको पढाइमा उत्साह थप्ने बताए।

कार्यक्रम सहजीकरण परियोजनाकी सामाजिक सहजकर्ता अस्मिता बस्नेतले गरेकी थिइन्।दोलखाको सदरमुकाम चरिकोटबाट ६० किलोमिटर उत्तरमा पर्ने कालिञ्चोक गाउँपालिका–१ मा नाम्सालिङ सामुदायिक विकास केन्द्रको साझेदारीमा एकीकृत सामुदायिक विकास परियोजना सञ्चालन हुँदै आएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

जनज्योति मावी दोलखा जिल्लाकै उत्कृष्ट विद्यालय घोषणा

Friendship Khabar

हावाले अस्थाई काठकाे घर लडाउँदा भैंसी र पाडाे मरे

Kedar Dahal

संकटको बेला प्रचण्डको विकल्प खोज्ने बहस गर्नु भुल हो :- योगी

Nabin Kumar Khatiwada