फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश समाचार स्थानीय समाचार

अत्यावश्यक सुरक्षा सावधानी अपनाएर मात्रै काम गर्न निर्देशन

चरिकोट/दोलखामा निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई अत्यावश्यक सुरक्षा सावधानी अपनाएर मात्रै काम गर्न निर्देशन दिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दोलखाको बैठकले सुरक्षा साव्धानी नपनाउँदा दुर्घटना हुने र ज्यानै जाने घटना हुन थालेपछि सुरक्षा साव्धानीमा कडाइ गर्ने निर्णय भएको हो ।
बुधबार मात्रै विगू गाउँपालिका वडा नं. १ लामाबगरमा निर्माणाधिन जुम खोला जलविद्युत आयोजनामा कार्यरत एक सव इञ्जिनियर सडक सर्भेका क्रममा हुरहुरे भीरमा माथिबाट खसेको ढुङ्गा लागेर ज्यान गएको थियो । सो घटनामा अन्य २ जना घाइते भएर उपचारका क्रममा छन् । जलविद्युत आयोजना खोलाको खोंच र जोखिमयुक्त ठाउँमा काम गर्नु पर्ने र त्यस्ता ठाउँमा बाढी पहिरोको जोखिम पनि उच्च हुने हुँदा सुरक्षा साब्धानीलाई कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई प्रभावकारी र स्रोत साधन सम्पन्न बनाउने समेत निर्णय गरेको छ । हरेक स्थानीय तहले पालिकास्तर र वडा स्तरसम्म विपद् व्यवस्थापन समिति र पूर्वसूचना प्रणाली, खोज तथा उद्धार र राहत वितरणका लागि प्रयाप्त तयारी गर्ने समेत निर्णय भएको छ । स्थानीय तहका प्रमुखहरुले विपद् कार्ययोजना अनुसार प्रयाप्त सामग्री र स्थानीय सुरक्षा निकायसँग समन्वय गरिएको बताउनुभयो ।

विपद जाँदा स्थानीयस्तरबाटै कार्य गर्न स्थानीय तहमा स्वयमसेवक दस्ता तयार गर्ने समेत निर्णय भएको छ । स्थानीयस्तरमा जनशक्ति तयार हुँदा खोज तथा उद्धार र राहत वितरणमा सहज हुने र घटना भइहाले उद्धार चाँडो हुँदा ज्यान बचाउन सहज हुने बैठकका सहभागीहरुले बताए । विपद् व्यवस्थापनकै लागि समेत गरी नेपाली सेनाको चरिकोट, लामाबगर, गोंगर, कोप्लाङ, जिरी र हावामा गण तयारी अवस्थामा छन् । त्यस्तै सशस्त्र प्रहरी बलको चरिकोट, लामाबगर, सिंगटी र जिरीमा क्याम्प रहेको छ । नेपाल प्रहरीको जिल्लाभर विभिन्न चौकीहरु छन् । खोज तथा उद्धारका सामग्री रहेको ति सुरक्षा निकायका प्रमुखहरुले जानकारी दिए ।

तामाकोसी नदीमा बाढी आँदा टाढाबाट मगाउँदा समय लाग्ने भएकाले सिंगटी र तामाकोसी बजार क्षेत्रमा रहने गरी उच्च गुणस्तरको २ वटा बोट खरिद गर्ने समेत निर्णय भएको छ । बैठकले सडक, विद्युत, सञ्चार, स्वास्थ्य सेवा, खानेपानी तयारी अवस्था अवस्थामा रहन सम्बन्धित कार्यालयलाई निर्देशन समेत दिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

समाजसेवी उप्रेतीबाट जेष्ठ महिला र विद्यार्थीलाई सहयोग

Friendship Khabar

भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा द्रुत बस सेवाको अनुगमन

Friendship Khabar

SEE परिक्षा भाेलिदेखि, दाेलखाबाट ९७ विद्यालयका विद्यार्थी सहभागी हुँदै

Kedar Dahal