फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ

बैदेशिक राेजगारकाे मुख्य गन्तव्य दक्षिण काेरीयाकाे आवेदन खुल्ला

केदार दहाल
साउन-१९, काठमाडौं – ईपीएस कोरिया शाखाले सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरेकाे छ। शाखाकाे सुचना अनुसार उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुल्ला गरिएका हो।

शाखाले भाषा परीक्षामा ५ हजार ३०० काेटाेकाे लागि आवेदन खुला गरेकाे छ। जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० रहेकाे छ। तर, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने पनि लेखिएको छ। यहि साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ। 

परीक्षाकाे मिति नताेकिएकाेले अर्को सूचना प्रकाशित गरेर परीक्षाको मितिबारे जानकारी गराउने शाखाले जनाएको छ। एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने साथै आवेदक संख्याका आधारमा वा अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल वा परिवर्तन पनि हुन सक्ने जनाएको छ। आवेदन दिँदा एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउने उल्लेख छ।

याे पढ्न छुटाउनु भयाे की ?

नेपाल शिक्षक महासंघ सरकारसँग बार्तामा नजाने

Kedar Dahal

फ्रेण्डसिप साकोसको सातौ स्थापना दिवस,संस्थापक अध्यक्ष हरुलाई सम्मान

Friendship Khabar

उर्गेनलिङ गुम्बा उद्द्घाटन हुँदै, उद्द्घाटन औतारी लामाबाट हुने

Kedar Dahal