फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ धर्म र संस्कृति समाचार

उर्गेनलिङ गुम्बा उद्द्घाटन हुँदै, उद्द्घाटन औतारी लामाबाट हुने

तेन्जिङ शेर्पा
दोलखा जिल्ला जिरी नपा वडा नं -७ हिले निगाले स्थित ७ वर्ष अघि देखि निर्माण शुरु गरिएको उर्गेनलिङ गुम्बाको निर्माण सम्पन्न भए सगै औपचारीक रुपमा समुद्द्घाटन हुने भएको छ । गुम्बाको समुद्द्घाटन २०८१ बैशाख ४, ५ र ६ गते गुम्बामा तिन दिने भव्य पुजा गरेर सोलुखुम्बु जिल्ला सेर्लो गुम्बाका परमपुजनिय धर्म गुरु टुल्कु ( औतारी ) पेमा थार्क्षिन रिन्पोक्षेबाट समुद्दघाटन गर्ने तय भएको गुम्बा व्यस्थापन समितिका कोषाध्यक्ष सुकु शेर्पाले बताउनु भयो । कार्यक्रम अनुसार बैशाख ३ गते औतारीलामा टुल्कु पेमा थर्चिन रिन्पोक्षेको स्वागत बैशाख ४ गते गुम्बामा प्राणप्रतिस्ठान पुजा ( राब्ने र जिन्साक होम पुजा ) बैशाख ५ गते रत्न समुच्य कोन्क्षोक चिदुको ओङ ( अविशेक ) र लुङ आयाम बैशाख ६ गते गुम्बाको समुद्दघाटन तथा औतारी टुल्कु पेमा थर्क्षिन रिन्पोक्षेबाट आयुअभिशेक ( छेवाङ ) प्रदान गर्ने तय भएकोछ ।


बौद्ध धर्ममा गुम्बाको प्राण प्रतिस्ठान (राब्ने ) भन्नाले मानव जातिमा साधारण मानिसहरुले साक्षात भगवानको दर्शन पाउन सक्दैन तसर्थ साक्षात रुपमा दर्शन पाउन नसके पनि उहाँहरुको स्वरुप मुर्ति वा नक्साको माध्यमबाट दर्शन र श्रदा गर्ने आधारको रुपमा निर्माण गरिएको गुम्बामा बौद्ध धर्म अनुसार सम्पुर्ण प्राणि जगतको बुद्ध वोधिसत्वहरुलाई प्राणीको कल्याण र उद्दारको निम्ति मानव जीवनमा पुर्न जन्म लिएको व्यक्तिलाई अतिथिको रुपमा आमन्त्रीत गरेर सम्पुर्ण प्राणि जगतको उद्दारको कामना गर्न गुम्बामा राख्नुलाई नै प्राणप्रतिस्ठान ( राब्ने ) गर्नु भनिन्छ ।


बौद्ध धर्ममा जिन्साक अर्थात होम पुजा भनेको पृथ्वि जगतमा वर्तमानमा मानिसहरुलाई अनेक प्रकारको रोग कस्ट , दशा ग्रह , शत्रु आँखी डाहा , मानिसले चिताएको नपुग्ने , अकस्मात आई पर्ने संकट जस्ता बिघ्न बाधाहरु हटाउन विभिन्न प्रकारको खाधान्न र बहुमुल्य चिजहरु जलाएर बनाएको अनुस्ठान वा अग्नि अर्पणलाई जिन्सेक अर्थात होम पुजा भनिन्छ । यसरी जलाएको खरानी वा कोईला लाई वौद्द धर्मालम्बिहरुले हानथाप गरेर आफ्नो घरमा गोठमा लगेर राख्ने खेतवारीमा छर्ने गरिन्छ । जिन्साकबाट लगेको खरानी राख्दा विभिन्न रोग कस्ट भवितव्य हट्ने संकट टर्ने विस्वास गरिन्छ ।
त्यसैगरि बौद्द धर्मामा ओङ अभिशेक लुङ भन्नाले भगवान वुद्धले प्राणीहरुको आ आफ्नो दिमागको क्षमता अनुसार सर्व श्रेस्ठ र मध्यम वर्गको निम्ति निपुण तथा उपाय महाकरुणिमय ह्रदयकोषबाट प्रस्फुठित गम्भिर र गहिरो गुह्य्या ( शरिरको भित्र ठाउँमा लुकेको ) धर्म बाणी हो । यसले अनादि काल देखि सन्चय गरिएको दुष्कर्म ,जन्मौजन्मको पाप र क्लेसहरु नाश भै ब्रजयानाको विधि र साधानहरु गर्न अधिकार प्राप्त गर्नुलाई ओङ – लुङ भनिन्छ ।
बौद्ध धर्मालम्बि तथा अन्य धर्मालम्बिहरुले छेवाङ आयु अभिशेक धेरै भन्दा धेरै ठाउँमा पुगेर लिने गरिन्छ । छेवाङ लिदा आफ्नो आयु बढ्ने र रोग कस्ट हट्ने विस्वास गरिन्छ । छेवाङ आयु अभिशेक भन्नाले मानवहरुमा विभिन्न रोग कस्ट र संकट तथा विघ्न बाधाहरुले अकालमा नै मृत्यु हुने गतिलाई रोक्न दिर्घायु र चिर शान्तिको कामना गरि वाङ दिईने विधिलाई छेवाङ ( अभिशेक ) भनिन्छ । छेवाङ र ठुई लिदा पुन्य प्राप्ति हुने आयु लाभ हुने विस्वास गर्ने गरेको पाईन्छ ।
यस उर्गेनलिङ गुम्बाको निर्माण विशेष गरि स्थानिय जनसमुदायको त्याग , लगाव र सहयोग , विभिन्न क्षेत्रको सामाजिक व्यक्तित्वको सहयोग , विदेशि दाता , स्थानिय सरकार , प्रदेश सरकारको सहयोगमा करिब ३ करोड लागतमा निमार्ण सम्पन्न भएको गुम्बा समितिका संरक्षक सोनाम शेर्पाले बताउनु भयो । हाल यस गुम्बामा लोपेन लामाको व्यवस्था गरि स्थानिय व्यक्तिहरु र बालबालिका लाई सम्भोटा लिपि सिकाउनुको साथै धार्मिक र साँस्कृतिक रितिरिवाज समेत सिकाउने गरेको पाईन्छ । संरक्षक सोनाम शेर्पाको पहलमा यस गुम्बामा प्राथमिक तहमा अध्ययन गर्ने बालबालिका लाई बिहान र बेलुकि तथा नेपाल सरकारले दिईने अन्य सार्वजानिक विदामा समेत दैनिक खाना र खाजाको व्यस्वस्था गरि एक जना शिक्षिकाको व्यवस्था गरि विभिन्न थप शैक्षिक धार्मिक , खेलकुद र विभिन्न रचनात्मक क्रियाकलाप सिकाउने गरेको पाईन्छ भने यस बापतको सबै खर्चको व्यवस्था संरक्षक सोनम शेर्पाले नै जुटाउने गरेको कुरा स्थानिय फुर्बारेन्जि शेर्पाले बताउनु भयो । बैशाख ४ देखि ६ गते सम्म गुम्बाको ३ दिने भव्य पुजामा बौद्द धर्मालम्बि र अन्य सबै धर्मालम्बीहरुलाई निमन्त्रणा गरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतनद्वारा विद्यार्थी लाई सहकारी शिक्षा

Friendship Khabar

सामुदायिक वन दिवसको उपलक्ष्यमा कविता वाचन

Friendship Khabar

कार्यसम्पादन मुल्यांकन अनुसार नगरमा जिरी र गाउँपालिकामा वैतेश्वर उत्कृष्ट

Kedar Dahal