फ्रेण्डसिप खबर
गृह पृष्ठ

जिरी निगालेका शेर्पाले चढे सगरमाथा

तेन्जिङ शेर्पा
दोलखा जिल्ला जिरी नगरपालिका वडा न. ७ हिले निवासी वर्ष ४३ का श्री सोनाम शेर्पाले may 23 तारिक २०८२ साल जेष्ठ ९ गते शुक्रवारका दिन बिहान ६:०० बजे विश्वको सबै भन्दा अग्लो हिमाल सगरमाथाको सफल आरोहण गरेका छन ।

४३ वर्षिय सोनाम शेर्पा साबिक जिरीको शेर्पा समुदायबाट पहिलो पल्ट सगरमाथामा पाइला टेक्न सफल भएको हो । यस अघि २१/२२ वर्षको उमेर देखि ट्रेकिङ सम्बन्धी विभिन्न पदमा काम गर्दै आएका शेर्पा यस वर्स भने आफै सगरमाथाको शिखरमा पुग्न सफल भएकाछन । विगत केहि वर्ष अघि देखि ट्रेकिङ क्षेत्रमा गाईडको रुपमा काम गर्दै आएका शेर्पाले अहिले भने माता पोनियर एडभान्चर कम्पनी प्रा लि। ( Ma ta pioneer adventure company ) बाट सगरमाथाको सफल आरोहरण गरेका हुन ।

पछिल्लो समय केहि वर्ष देखि ट्रेकिङ पेशामा संलग्न हुँदै आएका शेर्पा सामाजिक सेवामा पनि सकृय रहेका छन । जिरी नपाको हिले निगाले, खावा सुर्के, खुदुर्के र वैतेस्वर -३ यार्सामा गुम्बा निर्माण तथा शेर्पा संस्कृति को विकास र परिवर्तनमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएका छन। शेर्पाले सगरमाथा आरोहण गरे पशचात जिरी नपाका हिले निगाले, खावा सुर्के, खुदुर्के र वैतेश्वर यार्सा शेर्पा समुदायका सामाजिक सन्जालमा व्यापक खुशि तथा बधाई व्यक्त गरि रहेका छन ।

याे पढ्न छुटाउनु भयाे की ?

गौरीशङ्कर बालगृहमा शैक्षिक परिवर्तन प्रतिष्ठानले अक्षयकोष स्थापना गर्ने

Nabin Kumar Khatiwada

सुनचाँदी कला व्यवसायी संघ दोलखाको अध्यक्षमा अनिल रिजाल

Friendship Khabar

पाँचौ राष्ट्रपति रनिङ शिल्ड जिरीकाे उपाधि सहिद स्मृतिलाई, लगातार चाैथाे पटक सम्म विजेता

Kedar Dahal