फ्रेण्डसिप खबर
स्वास्थ्य

समुदाय स्तरमा नि:शुल्क स्वास्थ्य शिविर

चैत्र, २१

धुलिखेल अस्पताल, दोलखा अस्पताल, कालिन्चोक गाउँपालिका वडा न. ८ र दोलखा ल्यान्स क्लबको सयुक्त आयोजनामा आयोजित दुई दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर एवं सचेतानात्मक कार्यक्रमबाट २७६ जनाले स्वास्थ्य सेवा पाएको छन् |

दुई दिने स्वास्थ्य शिविरमा महिला तथा स्त्री रोग, हाडजोर्नी, दन्त रोग र आँखाको समस्या सम्बन्धी सम्पूर्ण समस्याहरुको विशेषज्ञद्वारा पहिचान, उपचार तथा परामर्श र साथ साथै अन्य सामान्य स्वास्थ्य सेवा र  भिडियो एक्स-रे  सेवा प्रदान गरिएको थियो |

जस मध्य १३ जनामा स्त्री तथा महिला रोग, १५१ जनामा दाँतमा समस्या, ६३ जनामा दम, हाडजोर्नी र आँखा सम्बन्धि समस्या पहिचान गरेर अस्पताल प्रेषण गरिएको जानकारी दोलखा अस्पताल सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रमका जन-स्वास्थ्य अधिकृत रमेश श्रेष्ठले जानकारी दिनु भयो | 

दोलखा अस्पतालको डा. सुजन तिम्सिनाले दन्त सेवा, डा. नवराज आचार्यले हाडजोर्नी, डा. विनिता संजेलले महिला तथा स्त्री रोग , डा. तोयन्द्र जंग शाह र डा. सौरव कटुवालले सामान्य उपचार तथा परामर्श प्रदान गर्नु भएको थियो | यस दुई दिने स्वास्थ्य शिविर सफल बनाउन व्यवस्थापन दोलखा अस्पतालका  जीवन कडेल, रोजिता केसी, अल्का शिवाकोटी र जन-स्वास्थ्य अधिकृत शिर्षक शाही र रमेश श्रेष्ठ तथा कालिन्चोक गाउँपालिकाको स्वास्थ्य संयोजक धिरेन्द्र चौधरीले गरेका थिए |

यस किसिमको कार्यक्रम कालिन्चोक गाउँपालिकाको अन्य ठाउँमा पनि  आगामी दिनमा सयुक्त साझेदारी संचालन गरिने जानकारी कालिन्चोक गाउँपालिका वडा न. ८ को वडा अध्यक्ष सुर्य बहादुर आचार्य, प्रमुख प्रशासकीय अधिकृत नवराज ओली र दोलखा अस्पतालका चिकित्सक प्रमुख डा. शैलेश श्रेष्ठले जानकारी दिनु भयो |

याे पढ्न छुटाउनु भयाे की ?

शाररिक पिडा कतै मानसिक समस्याको संकेत त होइन ?

sanjeet

Access of Pediatric Surgery at Remote Nepal

sanjeet

जेष्ठ नागरिकलाई ब्याल्ङ्केट वितरण तथा स्वास्थ्य जाँच

Friendship Khabar