फ्रेण्डसिप खबर
स्वास्थ्य

स्वास्थ्य संस्थामा चिकित्सा मनोबिदको आबस्यकता

भुपेन्द्र गुरुङ, Clinical Psychologist, पशुपति चौलागाईं स्मृति अस्पताल , दोलखा

मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवा आमनागरिकको मौलिक हक हो भन्ने कुरामा नेपालको संविधान तथा जनस्वास्थ्य सेवा ऐन २०७५ प्रस्ट नै रहेको छ । तथापि कार्यान्वयनमा कमी हुनुको मुख्य कारण केन्द्र, प्रादेशिक तथा स्थानीय स्तरको स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य जनशक्तिको अभाव रहेको कुरा विदितै छ । सोही सन्दर्भमा मानसिक स्वास्थ्यको उपचार तथा अन्य क्षेत्रहरु जस्तै प्रवर्धन, रोकथाम र पुर्नस्थापनामा अन्य मुलुकहरुमा पनि अपरिहार्य जनशक्तिmको रुपमा लिइने चिकित्सा मनोविद् (Clinical Psychologist) को नेपाल सरकार अन्तर्गत कुनै पनि दरबन्दी छैन ।


आधुनिक मनोविज्ञान क्षेत्रको विकास र अभ्यास १०० बर्ष भन्दा बढी भएको छ । प्रत्येक युगमा भएका ऐतिहासिक घटनाहरूले मानब मनोविज्ञान र मानसिक स्वास्थ्यको क्षेत्रमा गहिरो प्रभाव पार्दछन् । विशेष गरी, प्रथम र दोस्रो विश्व युद्धले मनोविज्ञान क्षेत्रको विकास र मनोवैज्ञानिक ज्ञानको प्रयोगमा ठूलो प्रभाव पारेको थियो । साथै मनोवैज्ञानिकहरुले प्राकृतिक प्रकोप तथा विपत्तिहरुको व्यबस्थापनमा उत्तिकै महत्वपूर्ण भूमिका खेलेको ऐतिहासिक तथ्य छ । चिकित्सा मनोविज्ञान सन १८९० को दशकमा संयुक्त राज्य अमेरिकामा एक विशेषज्ञ पेशाको रूपमा देखा पर्यो ।

मनोवैज्ञानिकहरूले त्यस समयको मानसिक गृहमा बिरामीहरूसँग गरेको अध्ययन र सन् १८९६ मा Witmer द्वारा Psychological Clinic को स्थापनासँगै यस विषयको तीव्र बिकास भयो । चिकित्सा मनोविज्ञान मुख्य रूपमा मानसिक रोगहरुको अध्ययन, निदान र उपचारसँग सम्बन्धित छ । यसले मनोचिकित्सा (Psychiatry), सामाजिक कार्य (Social Work), नर्सिङ् र अन्य धेरै मानसिक स्वास्थ्य विषयहरूसँग सहकार्य गर्दछ । यी अन्य विषयहरूको तुलनामा मानसिक स्वास्थ्य परिक्षण, अनुसन्धान, साइकोमेट्रिक्स र व्यवहारगत् उपचार (Behavioral Therapy) आदिमा चिकित्सा मनोविद्हरुको आवश्यकता पर्दछ ।

हाल चिकित्सा मनोबिद्हरुले बिभिन्न तह (सरकारी तथा निजी अस्पताल, शिक्षण अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत् गैरसरकारी र अन्तर्राष्ट्रिय संघसंस्था) मा रही मानसिक समस्या भएका व्यक्तिहरुको परिक्षण, उपचार तथा समग्र पुर्नस्थापना, अध्यापन, अनुसन्धान र तालिम आदि क्षेत्रमा निरन्तर सेवा पु¥याउँदै आएको जानकारी गराउँदछौ । तर नेपाल सरकार अन्तर्गतको स्वास्थ्य निकायहरुमा चिकित्सा मनोबिद् (Clinical Psychologist) को कुनै पनि स्थायी दरबन्दी नभएको हुदा चिकित्सा मनोबिद्हरुले नेपाल सरकार अन्र्तगत् कुनै पनि स्थायी पदमा रहेर काम गर्ने अवसर पाएका छैनन् ।

नेपालमा हाल त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान, मानसिक स्वास्थ्य विभाग अन्र्तगत् चिकित्सा मनोबिज्ञानको स्नातकोत्तर तह (M. Phil Degree) को पठनपाठन हुदै आएको छ जुन मनोविज्ञानको एम. ए. वा एम. एस्सी. पश्चात गरिने पोस्टग्राजुएट डिग्री हो । हालसम्म ३० जना भन्दा बढी चिकित्सा मनोबिद्हरुले नेपालमै अध्ययन सम्पन्न गरेका र केहीले भारत लगायत अन्य मुलुकबाट सो उच्च शिक्षाको अध्ययन पश्चात् नेपाल स्वास्थ्य व्यवसायी परिषद् (Nepal Health Professional Council) अन्तर्गत बिशिष्ट तहमा दर्ता हुदै आएका छन् ।

चिकित्सा मनोबिद्हरु अस्पताल तथा अन्य सम्बन्धित् कार्यक्षेत्रमा रहेर मनोबैज्ञानिक तथा नैदानिक परिक्षण (Psychological Assessment / Psycho-diagnostic Testing) , मनोचिकित्सा उपचार (Psychotherapy), मनोसामाजिक परामर्श (Psychological Counselling), अन्य मनोसामाजिक क्षेत्रको जनशक्तिmलाई क्लिनिकल सुपरीवेक्षण गर्ने, मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा मानसिक स्वास्थ्य पाठ्यक्रम निर्माण र अध्यापन (MA, MSc, BN, MN, MBBS, BPH, MPH, MD) , अनुसन्धान, तालिम आदि कार्य गर्न सक्ने विशेषज्ञ जनशक्तिहरु हुन् ।

हाल नेपाल सरकारले अबलम्बन गरेको मानसिक स्वास्थ्य सेवा सम्बन्धी व्यबस्था अनुरुप मानसिक स्वास्थ्य सेवा रणनीति तथा कार्ययोजना कार्यान्वयन, मेडिकोलिगल परिक्षण (Medico-legal Assessment), बौद्धिक तथा मानसिक अशक्तता भएको व्यक्तिको अशक्तताको स्तर निर्धारण (Intellectual and Mental Disability Assessment) आदि कार्य गर्न र दीर्घकालिन व्यबस्थापनको प्रभावकारिता बृद्घि गर्नमा चिकित्सा मनोबिद्को महत्वपूर्ण भूमिका रहन्छ । तर केन्द्रिय, प्रादेशिक तथा स्थानीय स्तरमा चिकित्सा मनोबिद्हरुको सहभागिता र व्यबस्थापनको टड्कारो अभाव छ ।

माथि उल्लेखित मानसिक तथा मनोसामाजिक सेवाको क्षेत्रमा चिकित्सा मनोविद्हरुले मनोचिकित्सक (Psychiatrist) हरु सँगसँगै निरन्तर सेवामा संलग्न रहने प्रणाली विभिन्न देश तथा नजिकको छिमेकी मुलुक भारतमा पनि अभ्यासमा रहेको छ ।

यस प्रणालीले मानसिक समस्या भएका व्यक्तिहरुको परिक्षण, उपचार तथा समग्र पुर्नस्थापनामा महत्वपुर्ण भूमिका खेलेको तथ्य व्यापक रुपमा उपलब्ध भएकोले सोही अनुसार विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्य सेवा व्यवस्थापनको मानक अनुसार पनि नेपाल सरकारको मानसिक स्वास्थ्य सेवाप्रदायक निकायमा चिकित्सा मनोविद्को सेवा अत्यन्त जरुरी देखिन्छ ।

वि.स. २०७२ को महाभुकम्प रCOVID 19 पश्चात् बढ्दो मानसिक स्वास्थ्य जोखिमको सन्दर्भमा व्यबस्थित र गुणस्तरीय मनोवैज्ञानिक सहयोगको लागि चिकित्सा मनोबिद्हरुको आबश्यकता खट्किएको छ । हाल स्वास्थ्य मन्त्रालय अन्र्तगत सांगठनिक व्यवस्थापन सर्भेको क्रम चलिरहेको अवस्थामा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ (मिति २०७५ साल मङ्सिर मसान्तसम्म भएका संशोधन समेत मिलाइएको) मा व्यबस्था भए अनुसार कम्तिमा पनि केन्द्रिय, राष्ट्रिय र प्रादेशिक तहको अस्पताल, अन्य स्वास्थ्य निकाय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा मनोबिद्को आवश्यकता भएको दर्शाउँदछ ।

यी आबस्यक्तालाई मध्यनजर गर्दैगर्दा CWIN को सहयोगमा हाल पशुपति चौलागाईं स्मृति अस्पतालमा पनि चिकित्सा मनोविज्ञान सेवा भुपेन्द्र गुरुङ द्वारा प्रदान गरिदै आएको छ . यो सेवा सुरूभए पछी मानसिक बिरामीहरुको संख्या एस अस्पतालमा बढेको देखिन्छ .

याे पढ्न छुटाउनु भयाे की ?

प्रधानमन्त्री प्रचण्ड पत्नीको निधन, दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने

Kedar Dahal

शिक्षासँगै, स्वास्थ्य र सुस्वास्थ्यको क्षेत्र विद्यालय – जनस्वास्थ्यकर्मी श्रेष्ठकाे लेख

Kedar Dahal

श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण

Friendship Khabar