फ्रेण्डसिप खबर
गृह पृष्ठ देश बागमती प्रदेश

कालिढुङ्गा कृषि सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न

दोलखाको वैतेश्वर गाउँपालिका-३ मिर्गे पात्लेमा रहेको कालिढुङ्गा कृषि सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शिवप्रसाद खतिवडाकाे अध्यक्षता तथा वैतेश्वर गाउँपालिका-३ का वडा अध्यक्ष कमल अधिकारीको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष शिव प्रसाद खतिवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष नविनकुमार खतिवडाले १ करोड ७३ लाख ९५ हजार ८ सय ३६ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हाल संस्थाको शेयर पुँजी १६ लाख ५२ हजार ६ सय रहेको छ भने जगेडा कोष तर्फ ९ लाख ७८ हजार ६ सय र अन्य कोषतर्फ ६ लाख ३७ हजार रहेको कोषाध्यक्ष खतिवडाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाले १४औँ वार्षिक साधारण सभाको अवसरमा असल ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कृषक, बढि शेयर खरिदकर्ता, SEE सम्मान, पुर्व संचालक लगायत विभिन्न विधामा आफ्ना सदस्यहरुलाई नगदसहित सम्मान गरेको छ।

संस्थाले कृषि, व्यापार, पशुपालन, जग्गा खरिद लगायतका क्षेत्रमा ऋण लगानी गर्दै आएको छ। संस्थामा हाल ७ सय ३० जना सदस्य आबद्ध रहेका छन्।

साधारणसभामा प्रमुख अतिथि बैतेश्वर गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष  कमल अधिकारी, विशेष अतिथि जिल्ला सहकारी संघ दोलखाका लेखा संयोजक पुष्कर कुमार दाहल, गौतम बुद्ध कृषि सहकारीका अध्यक्ष हर्कमान तामाङ, नव जनउत्थान साकोस खावाका सचीव केदार दाहाल, पुर्व अध्यक्ष अर्जुन दहाल लगायतले शुभकामना दिएका थिए।

याे पढ्न छुटाउनु भयाे की ?

विगुमा जनसचेतनको स्वास्थ्य शिविर,७ सय ले सेवा लिए

Friendship Khabar

बन्यजन्तु बाट सुरक्षा दिन उपयोगी बन्दैछन सुधारिएको खोर

Nabin Kumar Khatiwada

काप्ती लघु जलविद्युतको आम्दानी खर्च माग गर्दै प्रशासनमा निवेदन

Kedar Dahal