फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश

काप्ती लघु जलविद्युतको आम्दानी खर्च माग गर्दै प्रशासनमा निवेदन

चरिकोट /दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ५  मा निमार्ण भएको काप्ती लघु जलविद्युत आयोजनाको आम्दानी तथा खर्च  विवरण सार्वजनिक गर्न माग गर्दै स्थानीय उपभोक्ताले जिल्ला प्रशासन कार्यलय दोलखामा  निवेदन  दिएका छन् ।

दोलखा गौरीशंकर गाउँपालिका ५  काप्तीमा ११ वर्ष अघि निमार्ण भएको ५० किलोवार्ड क्षमताको काप्ती खोला लघु जलविद्युत आयोजनाको हाल सम्म पनि आम्दानी, खर्च विवरण सार्वजनीक नभएको भन्दै स्थानीय उपभोक्ताले निवेदन  दिएका हुन् । योजना निमार्णको लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबाट सत्तरी लाख रुपैयाँ अनुदान रकम प्राप्त भएको स्थानीयको भनाई छ। आयोजना सम्पन्न गर्नको लागि स्थानीय उपभोक्ताको  श्रमदान र श्रमदानमा नजाने घर धुरीले प्रत्येक परिवार सोह्र हजार रुपैयाँका दरले  रकम सहयोग गरी उक्त आयोजना निमार्ण सम्पन्न गरिएको बताएका छन् ।
स्थानीय उपभोक्ताहरु ध्रुब खड्का,आङडेण्डी शेर्पा, आङछिरी शेर्पा,रामबहादुर खड्का सहितको समुहले छानविन गर्न माग गर्दै  दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलाई निवेदन बुझाएका छन् । उक्त स्थानमा केन्द्रीय प्रसारण लाइन पुगेको कारण अहिले सो आयोजना बन्द रहेको छ । समितिले गैरकानूनी ढंगले ११  लाख चौरासी हजार रुपैया   आयोजनाको ऋण छ भनि कवाडीको सामान बेचबिखन समेत गर्न लागेको आरोप उनिहरुको छ। उपभोक्ताले पटक पटक लागत सार्वजनिक गर्न,उपभोक्ताको लगानी स्पष्ट पार्न,आयोजनाको आम्दानी र खर्च विवरणलाई सार्वजनिक सुनुवाई गर्न सञ्चालक समितिलाई लिखित तथा मौखिक निवेदन दिए पनि कुनै सुनुवाई नभएको गुनासो उनिहरूकाे छ ।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतनद्वारा १६ स्थानमा सदस्यता विस्तारित मञ्च(फोटो फिचर)

Nabin Kumar Khatiwada

वैतेश्वरमा बिद्यालय कर्मचारी परिषद गठन

Nabin Kumar Khatiwada

नव निर्मित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा गृह मन्त्री श्रेष्ठ आउने

Friendship Khabar