फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ राजनीति समाचार

समाजवादी पार्टी बाजुरा आफ्नै भवनमा

बाजुरा/नेकपा एकीकृत समाजवादी बाजुरा आफ्नै भवनमा सरेको छ।

जिल्ला सदरमुकाम मार्तडीमा नव निर्मित पुष्पलाल स्मिृती प्रतिष्ठानको भवन उद्धघाटन गर्दै नेकपा एकिकृत समाजबादी जिल्ला कमिटि उक्त भवनमा सरेको हो ।
पुष्पलाल प्रतिष्ठानको एक तले भवनमा हाल नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले प्रयोगमा ल्याएको प्रतिष्ठानका अध्यक्ष तथा नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला सचिव निर बहादुर शाहीले बताए । पुष्पलाल स्मिृत प्रतिष्ठानको भवन उद्धघाटन संगै भाडामा रहको नेकपा एकिकृत समाजबादी पार्टीको कार्यालय सो भवनमा सरेको पार्टी सचिव शाहीले बताए ।

भवन उद्धघाटन कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टीका जेष्ट सदस्य जया ल्वारले रिवन काटेर उद्धघाटन गरेका थिए । नेकपा एकिकृत समाजबादी पार्टी बाजुराका सचिव तथा पुष्पलाल स्मिृत प्रतिष्ठान बाजुराका अध्यक्ष निर बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि पार्टीका जेष्ठ सदस्य जया ल्वार रहेका थिए । बिशिष्ठ अतिथिमा नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला अध्यक्ष पुर बहादुर रावत रहेका थिए ।
पार्टीका उप सचिव तथा पुष्पलाल स्मिृत प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष दिर्घराज पाध्यायले संचालन गरेको कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टीका नेता तथा कार्यकर्ता र पत्रकारहरुको सहभागीता रहेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

सहकारी बैंकद्वारा स्थानीय तह हरुलाई निति तथा कार्यक्रम सम्बन्धमा १४ बुदे सुझाव

Friendship Khabar

२६५१ मिटरको उचाइमा रहेको हनुमन्तेमा वृहत मेला हुँदै

Friendship Khabar

नेराशि संगठन वैतेश्वोरकाे तेस्रो गाउँ परिषद सम्पन्न, नव प्रवेशी शिक्षकहरुलाई सम्मान

Kedar Dahal