फ्रेण्डसिप खबर
आजको ताजा समाचार बागमती प्रदेश स्थानीय समाचार

किसान सचेतन साकोसको दुईदिने संगठनात्मक विकास तालिम सम्पन्न

पुस्कर अधिकारी

माघ-१०, दोलखा

किसान सचेतन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजन तथा बाग्मती प्रोस्कूनको प्राविधिक सहयोगमा दुईदिने संगठनात्मक विकास तालिम हिजाे बाट शुरु भइ आज सम्पन्न भएको हाे ।

संस्थाका अध्यक्ष श्री प्रविन पाख्रीनको अध्यक्षता तथा वैतेश्वर गाउँपालिका वडा नं. ३ का अध्यक्ष कमल अधिकारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।

समाज सुधार समितिको हल लहरेमानेचोकमा आयोजित उक्त तालिम बाग्मती प्रोस्कूनका तालिम, अनुसन्धान तथा विकास विभाग प्रमुख बिमला पुडासैनीले सहजीकरण गर्नु भएको थियो। तालिमले सहकारी संस्थाको संगठनात्मक सुदृढीकरण, सुशासन र प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिममा संस्थाको सञ्चालन समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सदस्यहरू तथा कर्मचारीहरू गरी जम्मा २८ जनाको सहभागिता रहेको थियो भने सहभागीहरुलाई प्रमुख अतिथि अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए ।

जिल्ला सहकारी संघ दोलखाका लेखा संयोजक पुष्कर कुमार दाहाल, बाग्मती प्रोस्कूनका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख बिमला पुडासैनी तथा जनजागरण साकोसका उपाध्यक्ष लोकबहादुर तामाङ विशेष अतिथिका रूपमा सहभागी रहनु भएको थियो। अन्य अतिथिहरूको समेत उपस्थिति रहेको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

न्याय निरुपणका लागि न्यायीक सहजकर्ताको भुमिका महत्त्वपूर्ण :- मन्त्री खनाल

Friendship Khabar

एमाले नेता दुलाल नेपाली कम्युनिस्ट पार्टीमा

Nabin Kumar Khatiwada

जनसचेतनद्वारा धितो लिलामी

Nabin Kumar Khatiwada