फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ राजनीति समाचार स्थानीय समाचार

नेकपा एकीकृत समाजबादी वैतेश्वरको अधिवेशन, अध्यक्षमा टहल खड्का

मैनापोखरी,दोलखा /नेपाल कम्नियुष्ट पार्टी एकीकृत समाजबादी वैतेश्वर गाउँपालिका संगठन कमिटी को अध्यक्षमा टहल खड्का सर्वसम्मत रुपमा निर्वाचित भएका छ्न। वैतेश्वर गाउँपालिका वडा नं ४ स्थित काब्रेमा भएको प्रथम गाउँपालिका अधिवेशनबाट टहल खड्काको नेतृत्वमा ५४ सदस्यीय संगठन कमिटी निर्वाचित गरेको हो।

संगठन को उपाध्यक्षमा रघुनाथ दहाल र वैरागी लामा,सचिब टिकाराम दहाल,उपसचिव पुण्य बहादुर घतानी र सन्तोष दहाल रहेका छ्न।पार्टीको संगठन निर्माण अभियान अन्तर्गत वैतेश्वर गाउपालिकामा वडा कमिटी र गाउँपालिका स्तरीय संगठन कमिटी निर्माण लाई तिब्रता दिइएको छ। यसैबीच आज नै सीता पाण्डेको अध्यक्षतामा २३ सदस्यीय अखिल नेपाल महिला संघ को बैतेश्वर गाउँ कमिटी समेत गठन गरिएको छ।

नेकपा एकीकृत समाजबादी वैतेश्वरका नेता टिकाराम दहाल को अध्यक्षतामा भएको अधिवेशन को एक कार्यक्रमका बिच पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला सह इन्चार्ज गोपाल न्यौपाने ले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष भिम दहाल,अनेरास्ववियु का केन्द्रिय कमिटी उपमहासचिव कल्याण दहाल पार्टीका प्रदेश कमिटी सदस्य शुशिला न्याैपाने,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन का केन्द्रिय सदस्य सिताराम न्याैपाने,युवा संघ नेपाल का केन्द्रिय सचिबालय सदस्य अजिब दहाल युवा संघका केन्द्रिय सदस्य नितेश कुमार थामी,केन्द्रिय सदस्य अर्जुन चाैलागाई,पार्टीका जिल्ला कमिटी सदस्य राजन दहाल लगाएतले पार्टिको समसामयिक अवस्था बारे धारणा राख्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

याे पढ्न छुटाउनु भयाे की ?

उषा गजुरेल र सुरज पण्डितकाे स्वरमा “हजुरकै मायाले” गित सार्वजनिक

Kedar Dahal

उपाध्यक्ष तामाङकाे निधन भएपछि गाैरिशंकर गा पा मा मंगलबार शाेक बिदा

Kedar Dahal

दोलखालि समाज दक्षिण कोरियाको अध्यक्षमा पुन थापा निर्वाचित

Kedar Dahal