फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश स्थानीय समाचार

मैनापोखरीमा शनिबार हाटबजार

मैनापोखरी/दोलखाको वैतेश्वर गाउँपालिका-५ मैनापोखरी बजारमा बैशाख २ गते देखी साप्ताहिक रूपमा हाटबजार सञ्चालन हुने भएको छ।

वैतेश्वर गाउँपालिकाले बुधबार उद्योग बाणिज्य संघ मैनापोखरी शाखालाई  बजारको खस्किदो ब्यापार व्यवसायमा चलाएमान बनाएर स्थानीय उत्पादन प्रवर्धन गर्ने उद्देश्यका साथ शाखाको माग अनुसार हाट संचालन गर्न अनुमति दिएको हो।
गाउँपालिकाले स्थानिय स्तरमा उत्पादित उपभोग्य  बस्तुहरु बिक्रि बितरण गर्न सहजिकरण गर्नको लागि नयाँ वर्ष २०८०को  बैषाख २ गते शनिवार देखि लगातार प्रत्यक हप्ताको शनिवार बिहान ७ बजे बाट ११ बजे सम्म मैनापोखरी बजारमा फुटपाथ प्रयोग गरि हाटबजार सञ्चालन गर्ने अनुमति दिएको दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाका अध्यक्ष राजन कुमार दाहालले जानकारी दिनुभयो।
अध्यक्ष दाहालका अनुसार वैतेश्वर आसपास स्थानीयले आफुले उत्पादन गरिएको तरकारि,फलफुल,अन्न,सीप मुलक सामाग्री,आकर्षक आयातित सामाग्रि लगायत हाटमा ल्याएर प्रदर्शन गरि बिक्रि वितरण गर्न सक्ने छन्।

साथै हाट बजार राख्दा निस्किएको फोहोरमैलाको व्यवस्थापन पनि उद्योग वाणिज्य संघ मैनापोखरीशाखाले गर्ने छ।
पछिल्लो समय परम्परागत रुपमा लाग्ने हाटबजार हरु बन्द भैरहेको छन बैतेश्वर गाउँपालिकाको साविक काब्रे गाविसको बगरमा बुधबार हाट लाग्ने गरेकोमा बिगत करिव १० बर्ष अघि देखी उक्त हाटबजार पुरै बन्द भएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

पाँचौ राष्ट्रपति रनिङ शिल्ड जिरीकाे उपाधि सहिद स्मृतिलाई, लगातार चाैथाे पटक सम्म विजेता

Kedar Dahal

पुरानै शैलिमा आउँदै SEE परिक्षाकाे रिजल्ट, यसरी हेर्नुहाेस GPA

Kedar Dahal

दैवीप्रकोपमा राहत र उद्दारमा सहयोग गर्न प्रतिनिधि छनौट

Friendship Khabar