फ्रेण्डसिप खबर
गृह पृष्ठ

पुरानै शैलिमा आउँदै SEE परिक्षाकाे रिजल्ट, यसरी हेर्नुहाेस GPA

केदार दहाल

राष्ट्रिय परीक्षा बाेर्डले SEE परिक्षाकाे नतिजा यसअघिको जस्तै लेटर ग्रेडिङमा प्रकाशित गर्ने निर्णय गरेसँगै नतिजा सार्वजानिकको पनि अन्तिम तयारी गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।

एसईई परीक्षा गत चैत १७ गतेदेखि सुरु भएको थियो। परीक्षामा देशभरका २ हजार ३७ परीक्षाकेन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए। जसमा छात्रा २ लाख ४२ हजार ७ सय १२ र छात्र २ लाख ४२ हजार ६ सय ७४ जना थिए। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार ४ सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए। परीक्षा नियन्त्रण कार्यालयले जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गराएको थियो।  

बोर्डले एक सूचना निकालेर एसइईको नतिजा हेर्न सक्ने विकल्पहरुको बारेमा जानकारी दिएको छ। जस अनुसार एसईईको नतिजा वेबसाइट, एस एम एस र आई भी आर बाट पनि हेर्न सकिनेछ।

याे पढ्न छुटाउनु भयाे की ?

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

Friendship Khabar

जनसचेतन साकोसका प्रमुख संरक्षक ढुङ्गेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Friendship Khabar

माओवादी दोलखाको संयोजक श्रेष्ठ सचीवमा फुँयाल

Friendship Khabar