फ्रेण्डसिप खबर
गृह पृष्ठ

भिर बाट लडेर वृद्धको मृत्यु

पुष्कर अधिकारी

मैनापोखरी/दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ३ का ९५ वर्षिय कृष्ण बहादुर बस्नेतको भिरबाट लडेर मृत्यू भएको छ । गत शुक्रबार देखी परिवारको सम्पर्कमा नरहेका बस्नेत आइतबार बिहाना बैतेश्वर गाउँपालिका वडा नं २ देउलीटार स्थित कर्कले गुफा नजिकैको छरछरे भिरमा मृता फेला परेका हुन ।
बैशाख १ गते दिउँसो करिब ११ बजेतिर घरबाट निस्किएका बस्नेत साझसम्म घर नफर्के पछि आफन्त तथा छरछिमेकीले उनको खोजि कार्य थालेका थिए । तर खोज्दै जानेक्रममा आइतबार बिहान मात्र उनलाई मृत अवस्थामा फेला पारिएको वैतेश्वर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कमल अधिकारी ले जानकारी दिए ।
बस्नेतको लास वैतेश्वर गाउँपालिका वडा नं. २ स्थित कर्कले गुफा नजिकैको छरछरे भिरमा अड्किएको अवस्थामा फेला पारिएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

महिलाहरुका लागि एक हप्ते डल कुशन बनाउने तालिम सम्पन्न

Kedar Dahal

हनुमन्तेश्वर माविले उचाल्यो रास्ट्रपति रनिङ शिल्ड- एकै खेलाडीले लिए ३ स्वर्ण र एक रजत सहित ४ पदक

Kedar Dahal

प्रधानमन्त्री प्रचण्ड पत्नीको निधन, दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने

Kedar Dahal