तेन्जिङ शेर्पा
दोलखा जिल्ला जिरी नपा वडा नं -७ हिले निगाले स्थित ७ वर्ष अघि देखि निर्माण शुरु गरिएको उर्गेनलिङ गुम्बाको निर्माण सम्पन्न भए सगैँ आज पहिलो दिन सोलुखुम्बु जिल्ला सेर्लो गुम्बाका परमपुजनिय धर्म गुरु टुल्कु (औतारी) पेमा थार्क्षिन रिन्पोक्षेबाट गुम्बामा प्राणप्रतिस्ठान पुजा (राब्ने र जिन्साक होम पुजा) सम्पन्न भएको छ ।
बौद्ध धर्ममा गुम्बाको प्राण प्रतिस्ठान (राब्ने) भन्नाले मानव जातिमा साधारण मानिसहरुले साक्षात भगवानको दर्शन पाउन सक्दैन तसर्थ साक्षात रुपमा दर्शन पाउन नसके पनि उहाँहरुको स्वरुप मुर्ति वा नक्साको माध्यमबाट दर्शन र श्रदा गर्ने आधारको रुपमा निर्माण गरिएको गुम्बामा बौद्ध धर्म अनुसार सम्पुर्ण प्राणि जगतको बुद्ध वोधिसत्वहरुलाई प्राणीको कल्याण र उद्दारको निम्ति मानव जीवनमा पुर्न जन्म लिएको व्यक्तिलाई अतिथिको रुपमा आमन्त्रीत गरेर सम्पुर्ण प्राणि जगतको उद्दारको कामना गर्न गुम्बामा राख्नुलाई नै प्राणप्रतिस्ठान ( राब्ने ) गर्नु भनिन्छ ।
बौद्ध धर्ममा जिन्साक अर्थात होम पुजा भनेको पृथ्वि जगतमा वर्तमानमा मानिसहरुलाई अनेक प्रकारको रोग कस्ट , दशा ग्रह , शत्रु आँखी डाहा , मानिसले चिताएको नपुग्ने , अकस्मात आई पर्ने संकट जस्ता बिघ्न बाधाहरु हटाउन विभिन्न प्रकारको खाधान्न र बहुमुल्य चिजहरु जलाएर बनाएको अनुस्ठान वा अग्नि अर्पणलाई जिन्सेक अर्थात होम पुजा भनिन्छ । यसरी जलाएको खरानी वा कोईला लाई वौद्द धर्मालम्बिहरुले हानथाप गरेर आफ्नो घरमा गोठमा लगेर राख्ने खेतवारीमा छर्ने गरिन्छ । जिन्साकबाट लगेको खरानी राख्दा विभिन्न रोग कस्ट भवितव्य हट्ने, संकट टर्ने विस्वास गरिन्छ ।
बैशाख ५ गते रत्न समुच्य कोन्क्षोक चिदुको ओङ (अविशेक) र लुङ आयाम र वैशाख शाख ६ गते गुम्बाको समुद्दघाटन तथा औतारी टुल्कु पेमा थर्क्षिन रिन्पोक्षेबाट आयुअभिशेक ( छेवाङ ) प्रदान गर्ने कार्यक्रम तय भएको छ ।