फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति

नेकपा एस दोलखाको अध्यक्षको कार्यभार अशोक दहाल लाई

चरिकोट/नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षको कार्यबाहकको जिम्मेवारी अशोक दहालले पाउनुभएको छ।

आज जिल्ला पार्टी कार्यालय चरिकोटमा पार्टिका पोलिट्व्युरो सदस्य एवं जिल्ला इन्चार्ज शिव प्रसाद भण्डारी,केन्द्रिय सदस्य एवं सह इन्चार्ज गोपाल न्यौपाने,केन्द्रिय सदस्य,दोलखा सह इन्चार्ज एवं राष्ट्रिय सभा सदस्य घनश्याम रिजालको उपस्थितिमा जिल्ला कमिटी अध्यक्ष भिम दहालले वर्तमान उपाध्यक्ष समेत रहेका अशोक दहाललाई अध्यक्षको कार्यवाहको जिम्मेवारी पत्र प्रदान गर्नुभएको हो।

जिल्ला कमिटी अध्यक्ष भिम दहाल पार्टी बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन बाट प्रदेश कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि दोलखा अध्यक्षको कार्यभार सम्हाल्ने जिम्मेवारी अशोक दहाललाई प्रदान गरिएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

चरिकोट बहुउद्देश्यीय सहकारी संस्था लि. को दशौं वार्षिक साधारण सभा सम्पन्न

Friendship Khabar

पेशागत महासंघ दोलखाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ

Friendship Khabar

यसरी भयो खर्कमै पुगेर घाइते चौरीको उपचार

Nabin Kumar Khatiwada