फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी धर्म र संस्कृति बागमती प्रदेश स्थानीय समाचार

जन्मदिनमा वृद्धाश्रमका जेष्ठ नागरिकलाई सहयोग

नवीनकुमार खतिवडा

तामाकोसी/पछिल्लो समय आफ्नो जन्मदिन विभिन्न सृजनात्मक कार्यहरू गर्दै मनाइन थालिएको छ।यसै क्रममा आज जन्मदिनको उपलक्ष्यमा चरणावती वृद्धाश्रममा रहेका जेष्ठजनलाई सहयोग गरिएको छ।

दोलखा वैतेश्वर गाउँपालिका वडा नं ३ मिर्गे निवासी समाजसेवी लक्ष्मीप्रसाद दहालले आफ्नो जन्मदिनमा वृद्धाश्रमका रहेका जेष्ठ नागरिकलाई एक महिना पुग्ने दाल चामल,नुन,तेल लगायत खाद्यान्न सहयोग गर्नुभएको हो।


दोलखाको शैलुङ गाउँपालिका वडा नं ७ चरणावतीमा रहेको चरणावती वृद्धाश्रममा बस्ने बा आमाहरूको लागि समाजसेवी दहालले आज आफै पुगेर पोषणयुक्त खाद्य सामाग्रीहरु र फलफूल हस्तान्तरण गर्नुभएको हो।

जन्मदिन लगायतका उत्सवहरुमा अनावश्यक फजुल खर्च गर्ने बानी बढिरहेको अवस्थामा सामाजिक कामहरु गर्नुपर्छ भनेर बृद्धअबश्थामा रहेका जेष्ठ नागरिक लाई सहयोग गरेको बताउदै दहालले सवैले आफ्ना उत्सवहरुमा विभिन्न सृजनात्मक सामाजिक कामहरु गर्दै मनाउन आग्रह समेत गर्नुभएको छ। सहयोग बुझ्दै वृद्धाश्रमको तर्फबाट समाजसेवी दहाललाई धन्यवाद दिदै जेष्ठ नागरिकले आशिर्वाद प्रदान गरेका छन।

याे पढ्न छुटाउनु भयाे की ?

महिलाहरुका लागि नाैमति बाजा बजाउने तालिम दिँदै तामाकाेशी

Kedar Dahal

रेडक्रसद्वारा आयोजित हाजिरि जवाफ प्रतियोगितामा हनुमन्तेश्वर मावि प्रथम

Kedar Dahal

सोनाम ल्होछारको उपलक्ष्यमा २ दिन सार्वजनिक बिदा

Friendship Khabar