फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश समाचार

माथिल्लो तामाकोसीको दायाँ डिस्यान्डर पनि पूरा

दाेलखा,लामाबगर/ क्षतिग्रस्त संरचनाको मर्मत गरेपछि माथिल्लो तामाकोसी जलविद्युत केन्द्रकाे दायाँ तर्फकाे बालुवा थिग्र्याउने पाेखरी (डिस्याण्डर) पनि सञ्चालनमा आएको छ ।



देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसी जलविद्युत केन्द्र(४५६ मेगावाट) काे क्षतिग्रस्त दुवै सञ्चालनमा आएपछि विद्युत उत्पादन पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

१० महिनामा क्षतिग्रस्त दायाँ तर्फकाे बढी क्षति भएको बालुवा थिग्रयाउने पाेखरी पुर्ननिर्माणपछि सञ्चालनमा आएको छ । दुई वटा पाेखरी मध्ये दायाँ तर्फकाे पाेखरी ४० प्रतिशत क्षति भएको थियाे ।

अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीका कारण गत असोज ११ गते साँझदेखि माथिल्लो तामाकोसीको बाधको सबै ढोका खोलेर उत्पादन बन्द गरेको थियो । विद्युत गृह बन्द गर्दा विद्युतगृह र सुरुङ सुरक्षित रहे तापनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको बालुवा थिग्राउने पोखरी(डिस्याण्डर) र भुमिगत नहरमा ठूलो क्षति भएको थियो ।

२ वटा डिस्याण्डर मध्ये कम क्षति भएको बाँयातर्फको डिस्याण्डर र भुमिगत कल्भर्ट पुर्न निर्माण गरेर गत पुसदेखि विद्युत गृह सञ्चालनमा ल्याइएको थियाे । अहिले दुवै पाेखरी दुरूस्त भएपछि पाेखरीमा जम्मा भएको बालुवा सफा गर्न सहज भएको छ । अपर तामाकोसी जलविद्युत केन्द्र प्रमुख पूर्णगाेपाल रञ्जितले एउटामात्रै हुँदा बालुवाका कनहरू पनि आउदा विद्युत गृहका उपकरण खिइने समस्या हुने बताउनुभयो । दायाँ पाेखरी तयार भएपछि बायाँ पाेखरीकाे बालुवा सफा गर्ने पनि जानकारी दिनुभयो ।

कम क्षति भएको र हिउँदकाे विद्युतकाे माग धान्न आपत्कालिन अवस्थामा रोल्वालिङ खोला जलविद्युत आयोजनाकै निर्माण कम्पनी हाइ हिमाल कन्ट्रक्सनमार्फत सफा गर्ने र मर्मतको काम गरेको थियाे । तर बढी क्षति भएको दायाँ पाेखरीकाे सार्वजनिक खरिद ऐन अनुसार ठेक्का आव्हान गरेर पुनर्निर्माण गरेकाे हाे । पाेखरी निर्माणकाे ठेक्का लिएका च्छाेराेल्पा कन्ट्रक्सन प्रालिका प्रबन्धक निर्देशक फुर्लाक्पा शेर्पाले देशकाे विद्युत आवश्यकतालाई मध्ये नजर गरेर रातदिन काम गरेर निर्धारित समयमा पाेखरी पुनर्निर्माण गरेको जानकारी दिनुभयो । ठेक्का सम्झौता भएको ४ महिनामा निर्माण व्यवसायीले काम पूरा गरेको हाे । यस अघि अन्तर्राष्ट्रिय ठेक्का अन्तर्गत चिनियाँ कम्पनी सिनाे हाइड्रो कर्पाेरेसनले डिस्याण्डर सहितको सिभिल काम गरेको थियाे ।

डिस्याण्डरभन्दा माथिबाट खाेल्साबाट ठूला ठूला बाेल्डर र लेदाे आएपछि डिस्याण्डर र कल्भर्डमा क्षति भएको थियाे । थप बाेल्डरहरू आउन सक्ने ठाउँको समेत सुरक्षाको काम समेत जारी छ ।
पहिरोले हेडवक्स क्षेत्रको सुरक्षा नियन्त्रण गृह समेत पूर्ण रुपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका २ जना र माथिल्लो तामाकोसीकै २ जना कर्मचारी सहित ४ जनाको ज्यान समेत गएको थियो । माथिल्लो तामाकोसीको २ वटा पोखरी मध्ये दायाँ तर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँ तर्फको २० प्रतिशत क्षति भएको थियो ।

विद्युत उत्पादन बन्द भएको समयमा विद्युत गृह भित्रका मर्मत गरेको छ भने पहिरोले क्षतिग्रस्त सिंगटीको ४६ नं. टावरको समेत मर्मत पूरा गरेको छ । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन र सुपरवेक्षणका लागि एनइए इञ्जिनियरिङ कम्पनीलाई जिम्मा दिएको छ । उसैको सिफारिसका आधारमा कम्पनीले पुर्ननिर्माणको काम गरेकाे हाे ।

याे पढ्न छुटाउनु भयाे की ?

साेनाम ल्हाेछार पर्व मनाउन वैतेश्वरमा २ दिन सार्वजनिक बिदा

Kedar Dahal

वैतेश्वरको उपाध्यक्षमा कल्याणको उम्मेद्बारी  यस्तो छ राजनैतिक यात्रा

Friendship Khabar

शिक्षकलाई निजामती सरह सेवासुविधा दिइने: शिक्षामन्त्री देवेन्द्र पौडेल

Kedar Dahal