फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश समाचार स्थानीय समाचार

एकीकृत फ्रेण्डसिपको विद्यालय शिक्षा कार्यक्रम

जिरी/दोलखा जिल्लाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप साकोसले विद्यालय शिक्षा कार्यक्रम गरेको छ।
आफ्नो वार्षिक कार्ययोजना अनुसार मुख्य कार्यालयको आयोजनामा  ढुंगेश्वोरी माध्यमिक विद्यालय जिरी ५ का विद्यार्थीहरूको सहभागितामा संस्थाको सभाहलमा “विद्यालय शिक्षा कार्यक्रम” सम्पन्न गरेको हो ।

वित्तिय साक्षरता अन्तर्गत सहकारीको परिचय,बचत तथा ऋणको महत्व,पैसाको प्रयोग,पारिवारिक बजेट, संस्थाले प्रदान गरिरहेको विभिन्न सेवा सुविधा लगायत  विभिन्न प्रविधिहरुका बिषयमा प्रस्तुति गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयका शिक्षकहरू इन्द्रबहादुर जिरेल, राजु कार्की र अखिलेश कुमार ठाकुर, संस्थाका नायब  प्रमुख कार्यकारी अधिकृत राम खत्री, सूचना प्रविधि अधिकृत  नबराज दहाल सहित विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का कुल ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

४२ करोड रोयल्टी नबुझाउने याक एण्ड यतिको इजाजतपत्र रद्द

Friendship Khabar

नेफ्स्कुन निर्वाचन आज,यस्तो छ पौडेल र ढकाल समुहको प्यानल

Friendship Khabar

गाैरिशंकरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन, राेग नलुकाइ परिक्षण गराउन अध्यक्ष कार्कीकाे अनुराेध

Kedar Dahal