फ्रेण्डसिप खबर
Breaking अन्तराष्ट्रिय समाचार आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

महिलालाई वैदेशिक रोजगारमा पठाउँदा समन्वय गर्छौ : श्रम मन्त्री

काठमाडौं/श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले महिलाहरुलाई कामको लागि विदेश पठाँउदा सम्बन्धित निकायसँग समन्व्य गरेर मात्रै पठाउँन पहल गर्ने बताएका छन् ।
कामका लागि विदेश गएका महिलाहरुले धेरै समस्या पाएको गुनासो मन्त्रालयमा आएकाले आफुले यस विषयमा राम्रोसँग बुझेर पहल गर्ने बताएका हुन् ।बिहीबार मन्त्रालयमा अखिल नेपाल महिला संघ (समाजवादी) को बधाई तथा शुभकामनाम दिन पुगेको टोलीसँग कुरा गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारिमा जाने महिलाहरुलाई समस्या नहोस् भनेर विभिन्न पक्षसँग छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले महिलाले विदेशमा दुख पाउँदा देशकै नाम मुछिने भएकाले आफुहरुले सम्बन्धित पक्षसँग छलफल गरेर मात्रै उनीहरुलाई विदेश पठाउँन पहल गर्ने बताएका छन् ।

उनले भने, ‘हामीले महिलाहरुलाई विदेश पठाउँनै पर्ने भए महिला मन्त्रालय, विभिन्न समुह, सञ्जाल, र पार्टीका महिला भातृ संगठनसँग सर सल्लाह गर्नेछौं । त्यसो गरेन भने समाजवादीको मन्त्री आए महिलालाई विदेश पठाएर समस्या भयो भन्ने गुनासो आउन सक्छ ।’
बधाई तथा शुभकामना दिदैं अनेमसंघ समाजवादीका अध्यक्ष जयन्ती राईले वैदेशिक रोजगारीमा गएका महिलाका समस्या र जान भइरेका केही झन्झटीला प्रक्रियाका बारेमा मन्त्री कुँवरलाई जानकारी गराएकी थिइन् । उनको कुरा सुनेसकेपछि मन्त्री कुँवरले  महिलाले भोगेका समस्या समाधानका लागि सबैको साथ पाएर आगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले यस्ता समस्या आफु एक्लैले गरेर समाधान नहुँने भएकाले महिला संगठनसँग पनि साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

युवा शक्तिलाई विकास निमार्णमा परिचालन गरिने : श्रम मन्त्री कुँवर

Friendship Khabar

न्याय निरुपणका लागि न्यायीक सहजकर्ताको भुमिका महत्त्वपूर्ण :- मन्त्री खनाल

Friendship Khabar

अपर तामाकोसीकाे पीपीए पुनरावलोकन गर्दै

Friendship Khabar