फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

नेकपा एस दोलखाको अध्यक्षमा भिम दहाल सर्वसम्मत

चरिकोट/नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशन सम्पन्न भएको छ।अधिवेशन ले भिम प्रसाद दहालको अध्यक्षतामा नयाँ जिल्ला संगठन कमिटी सर्वसम्मत निर्वाचित गरेको।

नव निर्वाचित जिल्ला कमिटीको
उपाध्यक्षमा अशोक कुमार दहाल र संगिता पाख्रीन सचिब मोहन थापा,उपसचिवमा प्रकाश कुमार केसि,बैकुण्ठ भन्डारी,ताम प्रसाद आपागाईलाई निर्वाचित गरेको हो।साथै जिल्ला संगठन कमिटीमा ९१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ।
मंसिर ३० र पौष एक दुई दिनसम्म चलेको अधिवेशनको उद्घाटन समारोह नेकपा एस दोलखाका अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षतामा पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा उपमहासचिव एवँ बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर,बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल,केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल,पोलिट्व्युरो सदस्य शिवप्रसाद भण्डारी,केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने,महेन्द्र बहादुर कार्की,लगायतका नेताहरु,प्रतिनिधि सभा सदस्य एवँ नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की, कांग्रेस नेता एवँ बागमती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्ले लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेकपा एस दोलखाको जिल्ला अधिवेशन सुरु हुनु अघि सदरमुकाम चरिकोटमा र्‍याली गरिएको थियो । जिल्ला पार्टी कार्यालयवाट सुरु भएको र्‍याली बजार परिक्रमा गरी सिमपानी हलमा पुगेर सभामा परिणत भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

मासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्न सहकारी लाई निर्देशन

Friendship Khabar

अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न मन्त्री चौधरीको सक्रियता

Nabin Kumar Khatiwada

वैतेश्वर बाम गठबन्धन द्वारा संयुक्त घोषणा पत्र सार्वजनिक

Friendship Khabar