फ्रेण्डसिप खबर
खेलकुद स्थानीय समाचार

वैतेश्वरकाे दाेस्राे अध्यक्ष कपकाे उपाधि पनि जिरीलाई

केदार दहाल
वैतेश्वर/वैतेश्वर गाउँपालिकाकाे दाेस्राे अध्यक्ष कप २०८० काे उपाधि जिरी नगरपालिकाले उचाल्दै आज सम्पन्न भएको छ । पाँच सेटकाे खेलमा ३-२ ले जिरीले जित्न सफल भएको हाे ।पहिलाे अध्यक्ष कप पनि जिरीलेनै लगेकाे थियाे ।

पालिकाकाे वडा नं-३ मिर्गे लहरेमाने चोककाे खेल मैदानमा संचालित उक्त प्रतियोगितामा जिल्ला भित्रका ८ टिमको सहभागीता रहेको थियाे। प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वनामा क्रमशः जिरी, मेलुङ, कालिन्चाेक र गाैरिशंकर भएका छन। विजेता समूह जिरीले नगद रु. १ लाख ४० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने उपबिजेता समुहले नगद रु. १ लाख सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी तृतीय र सान्त्वना हुने समुहले क्रमशः नगद रु ७६ हजार र रू २७ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताकाे उद्घाटन प्रमुख अतिथि दोलखा प्रदेश ‘क’ का बागमती प्रदेश सभा सदस्य एबम् नेपाली काँग्रेस केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले गरेका थिए भने समापनमा प्रमुख अतिथि पुर्व वन मन्त्री माननिय शंकर भण्डारीले विजेता र उपविजेता समुहहरुलाइ ले पुरस्कार वितरण गरेका थिए। बैतेश्वर गाउँपालिका खेलकुद विकास समितिका संयोजक भाइराम बुढाथोकीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

प्रतियोगिता फागुन २६ गतेबाट शुरु भएको थियाे।

याे पढ्न छुटाउनु भयाे की ?

बजेटमा युवा प्राथमिकतामा तन्नेरी चासोको डिवेट कार्यक्रम

Friendship Khabar

हेमन्त स्मृति भलिबलको उपाधी चितवनलाई

Friendship Khabar

जलदेवी माविको बिव्यस गठन,अध्यक्षमा शुन्दर

Friendship Khabar