फ्रेण्डसिप खबर
गृह पृष्ठ

मन्त्री परिषदबाट स्वीकृत “शिक्षा ऐन २०८०” का विरुद्धमा शिक्षकहरु धर्नामा

केदार दहाल
दाेलखा/आज नेपाल शिक्षक महासंघको अगुवाइमा ७५३ वटै स्थानिय तहमा शिक्षकहरुकाे धर्ना कार्यक्रम अनुसार आज दाेलखाका स्थानीय तहमा धर्ना कार्यक्रम सम्पन्न गरेका छन् ।

आउँदै गरेको शिक्षा ऐनमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलित भएका हुन । दाेलखाका जिरी नगरपालिका, वैतेश्वर, गाैरिशंकर, तामाकोसी, शैलुङ लगाएत अन्य सबै पालिकाकाे कार्यालयमा धर्ना शिक्षक-कर्मचारी उपस्थित भई ३ घण्टा (११:०० बजे देखि २:०० बजेसम्म) धर्ना बसि अन्तमा ३० बुँदे र ५१ बुँदे सहमतीका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारीपत्र पालिका समक्ष पेशगरेका छन् ।

नेपाल सरकारले ल्याउन लागेको ‘विद्यालय शिक्षा ऐन २०८०’ ले प्रबन्ध गरेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र स्वभिमानको खिलाफमा रहेका छन् । यस मस्यौदाले शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वीच भएका सहमतीलाई समग्रमा समेट्न सकेको छैन । त्यसै गरी स्थायी, अस्थायी/करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मागमुद्दाको यथोचित सम्बोधन यसले गर्न सकेको छैन । वि.सं. २०७५ तथा त्यसपछि स्थायी भएका शिक्षकहरुलाई पेन्सन प्रयोजनमा यस मस्यौदाले अन्याय गर्न खोजेको छ । यसरी शिक्षण पेसाप्रतिको आकर्षण र सम्मानमाथि यस मस्यौदाले नियोजित ढङ्गबाट प्रहार गरेको छ । त्यसैले आम नेपाली शिक्षक-कर्मचारीले यो मस्यौदामा रहेका विद्यालय शिक्षा र शिक्षक-कर्मचारी विरोधी प्रबन्धहरु परिर्वतन गर्नु पर्ने पक्षमा आवाज बुलन्द गरिरहेका कारण नेपाल शिक्षक महासङ्घले ट्रेड युनियन अधिकार, उन्नत विद्यालय शिक्षा र शिक्षक-कर्मचारी मैत्री सङ्घीय शिक्षा ऐन अविलम्व संसदमा दर्ता गर्न समेत माग गर्दै २०८० साउन २८ गतेबाट आन्दोलन शुरु गर्ने निर्णय अनुसार पहिलो चरणकाे आन्दोलनका कार्यक्रम आज नगर तथा पालिकामा सम्पन्न गरेका छन् ।

कार्यक्रमको संयोजन महासङ्घ र आबद्ध / सम्बद्ध संस्थाका पालिका समितिले गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

श्रम मन्त्रीको निर्देशनमा मेनपावरमा छापा, ८७ थान पासपोर्ट जफत

Friendship Khabar

नवनिर्वाचित सहकारी संघ दोलखाको सपथ ग्रहण

Friendship Khabar

वैतेश्वरकाे १३औं गाउँ सभा तथा अधिवेशन सम्पन्न, मुख्य सडकहरु प्राथमिकतामा

Kedar Dahal