फ्रेण्डसिप खबर
गृह पृष्ठ

जनसचेतन साकोसका प्रमुख संरक्षक ढुङ्गेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौ/ सहकारीकर्मी एवं जनसचेतन साकोस मैनापोखरीका प्रमुख संरक्षक यज्ञराज ढुङ्गेलले सहकारी क्षेत्रको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुभएको छ। नेपालको सहकारी अभियानमा उल्लेख्य योगदान गरे बापत कदर स्वरुप राष्ट्रिय सहकारी बैंकको सिफारिसमा एसियाली ऋण महाँसंघले प्रदान गर्ने Outstanding Credit Union Volunteers Award बाट सम्मानित गरिएको हो ।

आज राष्ट्रिय सहकारी बैंकको १८औं बार्षिक साधारण सभामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे बाट ढुङ्गेललाई उक्त अवार्ड बाट सम्मानित गरियो। अवार्ड ग्रहण गर्दै सम्मानित सहकारी कर्मी ढुङ्गेल ले आफुले प्राप्त गरेको अवार्ड आफुले मात्र नभइ सिङ्गो नेपालको सहकारी अभियान ले पाएको साथै नेपालको लागि पहिलो पटक प्राप्त भएको यो पुरस्कारले नेपाली सहकारी कर्मीहरुलाई ठूलो हौशला प्रदान गरेको र आगामी दिनमा सबै सहकारीकर्मीहरुमा सहकारी अभियानको सुद्धिकरण र बिकास गर्नको लागि जोश जाँगर बढाउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएको बताउनुभएको छ।

दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ४ काब्रेमा जन्मनुभएका ढुङ्गेल ले २०५० सालमा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष भइ २० बर्षसम्म नेतृत्व गरि नेपालको उत्कृष्ट सहकारीको रुपमा स्थापित गराई एक्सेस ब्राण्ड प्राप्त गराउन सफल हुनुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

जिरी महाेत्सवको तयारी तिव्र

Friendship Khabar

पाँचौ राष्ट्रपति रनिङ शिल्ड जिरीकाे उपाधि सहिद स्मृतिलाई, लगातार चाैथाे पटक सम्म विजेता

Kedar Dahal

नेकपा एमाले मेलुङ उपाध्यक्ष सहित दर्जनौ नेता कार्यकर्ता नेकपा एसमा

Friendship Khabar