फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी बागमती प्रदेश स्वास्थ्य

विगुमा जनसचेतनको स्वास्थ्य शिविर,७ सय ले सेवा लिए

चरिकोट/जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दोलखाको उत्तरी विगु गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ७ सय ३३ जनाले सेवा लिएका छन् ।

विगु गाउँपालिकासँगको सहकार्यमा गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८ मा सम्पन्न स्वास्थ्य शिविरमा ७ सय ३३ जनाले पाठेघर तथा प्रजनन स्वास्थ्य तथा जनरल स्वास्थ्य जाँच सम्बन्धी सेवा लिएको उक्त सहकारीले जनाएको छ । शिविरका लागि आवश्यक प्राविधिक सहयोग भने समुन्द्र नेपाल नामक गैरसरकारी संस्थाले उपलब्ध गराएको हो । २ दिनसम्म चलेको शिविरको पहिलो दिन सोमबार विगु ५ खार्तल स्थित सामुदायिक स्वास्थ्य केन्द्र र वडा नम्बर ८ को खोपाचागु स्वास्थ्य चौकीमा गरी झण्डै ४ सय र दोस्रो दिन मङ्गलबार विगु ६ स्थित आलम्पु स्वास्थ्य चौकी र ७ स्थित स्वास्थ्य चौकीमा करिव ३ सय ५० जनाले निशुल्क स्वास्थ्य जाँच तथा आवश्यक औषधीको सुविधा लिएको जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले जानकारी दिनुभयो ।

शिविरमा काठमाण्डौ स्थित ग्राण्डी अस्पतालका जनरल फिजिसियन डाक्टर राजिव थपलिया र प्रिया शेर्पा, वीर अस्पतालका सर्जन डाक्टर विजयकुमार शाह, प्रसुती गृह थापाथलीका स्त्री रोग विशेषज्ञ बबिता शाह, ईशान अस्पतालका स्त्री तथा बाल रोग विशेषज्ञ डाक्टर पिङ्की शाह, विगु अस्पतालका डाक्टर प्रतिक कुमार ठाकुर लगायतले स्वास्थ्य जाँच तथा परामर्श सेवा दिएका थिए । शिविरका क्रममा स्त्री रोगसँग सम्बन्धित केही गम्भिर प्रकृतिका बिरामीहरु समेत फेला परेकोले उनीहरुलाई गाउँपालिकाले आवश्यक समन्वय गरी थप उपचारको व्यवस्था गरिने विगु गाउँपालिकाका स्वास्थ्य संयोजक रत्नबहादुर थामीले जानकारी दिनुभएको छ ।
सोमबार गाउँपालिकाका उपाध्यक्ष देविका थामीको उपस्थितीमा खोपाचागुमा औपचारिक रुपमा सुरु भएको शिविर मङ्गलबार आलम्पुमा समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै जनसचेतन साकोसका अध्यक्ष हेमन्त कुमार चौलागाईंले सहकारीले वित्तिय कारोबार मात्र नभई सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्ने शिलशिलामा शिविरको आयोजना गरिएको र शिविरबाट प्राप्त उपलब्धीले आफुहरुलाई आगामी दिनमा पनि यस्तै गतिविधी गर्न प्रेरित गरेको बताउनुभयो ।

चौलागाईंले यस्ता कार्यक्रमहरु संस्थाको कार्यक्षेत्र रहेका अन्य स्थानमा पनि आयोजना हुने र त्यसमा आम नागरिक, शेयर सदस्य र सम्बन्धित निकायको उत्तिकै सहयोग र सहकार्य प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

दोलखाको मैनापोखरीमा मूख्य कार्यालय रहेको जनसचेतन साकोसले विगु गाउँपालिकामा मात्रै ३ वटा सहित जिल्लाभर १६ र राजधानी काठमाण्डौमा १ गरी १७ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । झण्डै ४० हजार सदस्य आवद्ध उक्त संस्थाको गत माघ महिना सम्मको कारोबार २ अर्ब ३४ करोड भन्दा बढी रहेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

मिलीजुलीको सिंगटीमा रक्तदान

Friendship Khabar

श्रम मन्त्री श्रेष्ठद्वारा गणतन्त्र सिसेल्स संग द्विपक्षीय श्रम सम्झौता

Friendship Khabar

शिक्षक संगठन द्वारा वृद्धाश्रममा सहयोग

Nabin Kumar Khatiwada