फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार

भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा द्रुत बस सेवाको अनुगमन

काठमाडौं/भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सुर्यबिनायक सम्म संचालनमा रहेको द्रुत बस सेवाको आज अनुगमन गर्नुभएको छ।
भक्तपुरको सुर्यबिनायक देखि जडिबुटी सम्म मन्त्री आफैले सर्वसाधारण यात्रुसंगै बस चढेर सो सेवाको अनुगमन गर्नुभएको हो।गत असोज ३ गतेदेखि शुरु भएको उक्त बस सेवामा हाल दैनिक ३६ वटा बस सन्चालनमा छन।
भौतिक पूर्वाधार मन्त्रालयले हाल रत्नपार्कदेखि सुर्यबिनायक सम्मको रुटमा संचालन गरेको उक्त बस सेवा आगामी दिनमा चक्रपथ लगायतका रुटमा संचालन गरिने मन्त्री ज्वालाले बताउनुभयो।हाल यी बसहरु पिक आवर बिहान र बेलुका संचालनमा छन्।सो अनुगमन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा यातायात व्यवस्था बिभागका महानिर्देशक उद्दब प्रसाद रिजालको उपस्थिती थियो।

याे पढ्न छुटाउनु भयाे की ?

नेपाली काङ्ग्रेस सम्बद्ध तरुण दल वैतेश्वरकाे संगठन विस्तार सम्पन्न

Kedar Dahal

काप्ती लघु जलविद्युतको आम्दानी खर्च माग गर्दै प्रशासनमा निवेदन

Kedar Dahal

दोश्रो पशुपति स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम (फोटो फिचर)

Friendship Khabar