फ्रेण्डसिप खबर
गृह पृष्ठ फिचर न्युज बागमती प्रदेश समाचार

बागमती प्रदेशको मुख्यन्यायधिबक्तामा धादिङका श्यामनारायण श्रेष्ठ

मकवानपुर/ बागमती प्रदेशको मुख्यन्यायधिबक्तामा श्याम नारायण श्रेष्ठ नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शमाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा श्रेष्ठलाई मुख्यन्यायधिबक्तामा नियुक्त गरेका हुन् । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर २ हटिया निवासी श्रेष्ठ आज सोमबार उच्च अदालत पाटनका मुख्यन्यायाधिश नृपध्वज निरौलाले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

मुख्य न्यायाधिवक्ताको काम,कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन,२०७५ को दफा १४ बमोजिम प्रदेश प्रमुख शर्माको उपस्थितीमा सपथ खुवाइएको प्रदेश प्रमुख कार्यालयका प्रबक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

सपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कृण्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईं लगायतको उपस्थिती थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

पशुपति चौलागाई अस्पतालमा मुकड्रिल

Friendship Khabar

नेकपा दोलखाको छैटौं जिल्ला सम्मेलन,अर्जुन योगी सेक्रेटरी

Nabin Kumar Khatiwada

समाजवादी प्रेस संगठनको सचिवालय, कार्यालय र विभाग गठन

Kedar Dahal