फ्रेण्डसिप खबर
खेलकुद गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

शैलुङमा तेक्वान्दोकाे अन्तर्राष्ट्रिय उच्च  अनुसन्धान केन्द्र निर्माण

दोलखा/शैलुङ गाउँपालिका दाेलखाकाे कालापानीमा तेक्वान्दोकाे अन्तर्राष्ट्रिय उच्च  अनुसन्धान केन्द्र निर्माण हुने भएको छ।

आइतबार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले शिलान्यास गर्नुभएको हो।आयोजना निर्माणका लागि शैलुङ गाउँपालिका र नेपाल तेक्वान्दो संघ केन्द्र बीच सहमति भएको  तर काेराेना महामारीका कारण थप प्रक्रिया अघि बढ्न सकेको थिएन भने २ वर्ष अघि नेपाल तेक्वान्दो संघ,अन्तर्राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष र शैलुङ गाउँपालिका बीच महत्त्वपूर्ण छलफल गरि निर्माण प्रक्रिया अघि बढाउने समझदारी भएको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल ले जानकारी दिनुभयो।

डि. पि. आर. अनुसार कुल लागत २७ करोड हुने यो आयोजनाका लागि हाल नेपाल सरकारले १० करोड यहीँ वर्ष विनियोजन गर्ने गरि स्रोत सुनिश्चित गरिएको छ र बाँकी रकम आगामी आ.व. मा थप्दै जाने समझदारी बनेको छ।
२८ सय मिटर उचाइमा निर्माण हुने यो तालिम तथा अनुसन्धान केन्द्र संसारमा बनेको थाेरै स्थान मध्ये १ हुने तथा नेपाली तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रशिक्षण तालिम लिने महत्त्वपूर्ण ठाउँ हुने अध्यक्ष दुलाल ले जानकारी दिनुभयो।

नेपाली खेल जगतकाे नयाँ गन्तव्य यो आयोजनाले शैलुङ गाउँपालिकालाई खेलकुद, पर्यटन, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा मुल प्रवाह तान्ने र समग्र दाेलखा,रामेछाप, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लालाई सकारात्मक दिशामा धकेल्नेछ।

शैलुङ गाउँपालिकाका गाैरवकाे आयोजनाकाे रुपमा ऐतिहासिक शिलान्यास समारोहमा खेलकुद मन्त्रालय,  नेपाल तेक्वान्दो संघ केन्द्रका पदाधिकारीहरु, नेपाल तेक्वान्दो संघ वागमती प्रदेशका पदाधिकारीहरु, नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति दाेलखा र सिन्धुपाल्चोकका पदाधिकारीहरु एवं शैलुङ गाउँपालिका परिवारकाे सक्रिय सहभागीतामा सम्पन्न भएको हो।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चोकमा फेसन सो

Friendship Khabar

समाजसेवी उप्रेतीबाट जेष्ठ महिला र विद्यार्थीलाई सहयोग

Friendship Khabar

संघीय संसद निर्माण कार्यमा ढिलाई नगर्नू- मन्त्री चौधरी

Friendship Khabar