फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ स्थानीय समाचार

वैतेश्वर द्वारा जग्गादाता लाई सम्मान

मैनापोखरी/दोलखाको वैतेश्वर गाउँपालिकाले गाउँ कार्यपालिकाको प्रशासनिक भवन  पाँडुडाँडा, निर्माण गर्नको लागि नि:शुल्क जग्गादान गर्ने जग्गादाताहरुलाई सम्मान गरेको छ।
सोमबार एक कार्यक्रमका बिच वैतेश्वर गाउँपालिकाको भवन निर्माणका लागि निशुल्क जग्गा दान गर्ने ८६ जनालाई गाउँपालिका अध्यक्ष छबि लामा र उपाध्यक्ष रविचन्द्र आचार्यले संयुक्त रुपमा सम्मान गर्नुभएको हो।
वैतेश्वर गाउँपालिकाको भवन निर्माणका लागि गाउँपालिकालाई ३४ जनाले जम्मा ४४ रोपनी जग्गा दान गरेको र सो जग्गादातालाई सोध भर्नाको को लागि कार्यालय वरिपरिका कुल ४१ जना जग्गादाता बाट ब्यबस्थापन गरिएको हुँदा जग्गादाता र जग्गा ब्यबस्थापन समिति समेत गरि जम्मा ८६ जनालाई सम्मान गरिएको गाउँपालिका का प्रवक्ता शम्सेर घिसिङ ले जानकारी दिनुभयो।
जग्गादाता सम्मान समारोहमा गाउँपालिका अध्यक्ष छवि लामा,उपाध्यक्ष रबिचन्द्र आचार्य,प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेल,प्रवक्ता शम्सेर घिसिङ,प्रशासन अधिकृत बिक्रम कार्की,जग्गा ब्यबस्थापन समितीका सदस्य बालकुमार दहाल लगाएत ले धन्यवाद सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतन द्वारा मैनापोखरीमा डस्वीन वितरण

Friendship Khabar

पाठेघरको क्यान्सर विरुद्ध एचपिभी खोप अभियानको शुरु

Nabin Kumar Khatiwada

मैनापाेखरि बजारमानै दुध संकलन केन्द्र स्थापना

Kedar Dahal