फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार

गठबन्धनका उम्मेद्वारलाई भारी मतले विजय गराउन शिवाकोटीको आग्रह

दोलखा/नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोलखामा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्वारलाई अत्याधिक बहुमतले विजय गराउनुपर्ने बताएका छन् ।

मंगलबार उनको गृह गाउँ भिमेश्वर नगरपालिका १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य शिवाकोटीले यस्तो बताएका हुन् । प्रतिगमनविरुद्ध गठबन्धनको आवश्यकता रहेको भन्दै शिवाकोटीले दोलखाको हकमा यो पटक लालकिल्ला तोड्न र समुन्नत दोलखा बनाउन गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्नुको विकल्प नरहेको जनाएका छन् । उनले यो पटक नेकपा एमालेको लालकिल्ला तोडिएरै छोड्ने उद्घोष समेत गरेका छन् । उनले प्रतिनिधिसभामा नेकपा माओबादी केन्द्रका प्रभावशाली नेता गंगा कार्की , प्रदेश क मा कांग्रेसका युवा नेता कुन्दन काफ्ले र प्रदेश ख मा कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई अत्याधिक बहुमतले विजयी गराउन आग्रह गरेका छन् । शिवाकोटी गठबन्धनका उम्मेद्वारलाई विजय गराउन दोलखाका बस्ती बस्ती सम्म पुगेका छन् । दोलखासँगै उनलाई पाटी केन्द्रले अन्य जिल्लाहरुमा समेत खटाएका कारण झण्डै २५ जिल्ला पुगेर उनि पुन दोलखा फर्किएर गाउँ गाउँमा खटिएका छन् । उनले मातहतका कार्यकर्तालाई पनि यो सुवर्ण अवसर भएको भन्दै मसिनो गरि लागेर गठबन्धनका उम्मेद्वारहरुलाई भारी मतले विजयी गराउन निर्देशन समेत दिइरहेका छन् । विपक्षी दलले अनेकन वहाना बनाएर गठबन्धनका उम्मेद्वारहरुलाई होच्याइरहेको भन्दै त्यसप्रति आफु गम्भिर भएर लागेको बताएका छन् । शिवाकोटीले आम मतदातालाई भ्रममा नपर्न र गठबन्धनका उम्मेद्वारलाई निशंकोच मतदान गर्न आग्रह गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दुर्गम र विकट क्षेत्रको विकास नै देश विकास हो:-श्रम मन्त्री

Friendship Khabar

के हो लम्पी स्कीन ? कसरी गर्न सकिन्छ यसको उपचार

Friendship Khabar

दाेलखा जिल्ला स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड आजदेखि सिङ्गटीमा शुरु

Kedar Dahal