फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ

हनुमन्तेश्वर माविले उचाल्यो रास्ट्रपति रनिङ शिल्ड- एकै खेलाडीले लिए ३ स्वर्ण र एक रजत सहित ४ पदक

केदार दहाल
“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बैतेश्वर गाउँपालिकाको आयोजना र हनुमन्तेश्वर माविको व्यस्वस्थापनमा हनुमन्तेश्वर माविमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी हनुमन्तेश्वर माविले हात पारेको छ ।

प्रतियोगितामा हनुमन्तेश्वर माविले १० स्वर्ण, ५ रजत र ४ कास्य गरी १९ पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । हनुमन्तेश्वर माविले जनज्योति माविलाई पछि पार्दै चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको हो । उपविजेतामा जनज्याेति माविले ७ स्वर्ण, ४ रजत र २ कास्य गरी १३ पदक प्राप्त गरेको छ । यसैगरी सनराइज एकेडेमीले ३ स्वर्ण, ४ रजत र ३ कास्य गरी १० पदक सहित तृतीय स्थान कब्जा गरेको छ । हनुमन्तेस्वर माविलाई १० स्वर्ण दिलाउने क्रममा कक्षा १० मा अध्ययनरत छात्र आङगेलु शेर्पाले एक्लैले ३ स्वर्ण र १ रजत सहित ४ वटा पदक हात पार्दै सबै भन्दा बढि पदक हात पार्ने विधार्थी बनेका हुन ।

राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत भलिवल सहित विभिन्न विधामा भएको खेलबाट बैतेश्वर माविले ६ पदक, विष्णु माविले ५, कालिढुंगा माविले ४, जलदेवी मावि, क्षत्रवती मावि र कालिका माविले ३/३ पदक प्राप्त गरेका छन् ।

मिति २०८० मंसिर २८ गते देखि सुरु भएको प्रतियोगितामा पालिका भित्रका ९ वटा बिद्यालयको सहभागीता रहेको थियो । प्रतियोगिताको उद्द्घाटन जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानिले गर्नु भएको थियो भने समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सभाका दोलखा क का सांसद कुन्दन राज काफ्लेले खेलाडी र विजेता विद्यार्थीहरुलाई पदक मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो भने प्रतियोगिताको समापन गाउँपालिका अध्यक्ष छवि लामाले गर्नु भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

एमसीसीविरुद्ध अनेरास्ववियूको लालटिन जुलुस

Friendship Khabar

आन्दोलनरत शिक्षकलाई बार्ता आउन पुन: सरकारकाे प्रेस विज्ञप्ति

Kedar Dahal

जिल्ला सहकारी संघ दोलखा नेपालकै उत्कृष्ट सहकारी संघ घोषणा

Nabin Kumar Khatiwada