फ्रेण्डसिप खबर
गृह पृष्ठ

गाैरिशंकरकाे पाँचाै राष्ट्रपति रनिङ शिल्डकाे उपाधि निलकन्ठेश्वर माविलाई

केदार दहाल
गौरीशंकर गाउँपालिकामा आयोजित पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी निलकन्ठेश्वर माध्यमिक विद्यालयले जितेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गौरीशंकर गाउँपालिका-२ जुगु स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा विहिबारदेखि सुरु भएको प्रतियोगीतामा निलकण्ठेश्वरमा माविले १४ स्वर्ण, ९ रजत र २ कास्य सहित २५ पदक प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरेको छ भने हलेश्वर मावि सुरिले ४ स्वर्ण, ५ रजत र ८ कास्य सहित १७ पदक प्राप्त गर्दै दोस्रो भएको छ । त्यस्तै हिमावती माविले ४ स्वर्ण, ५ रजत र ४ कास्य सहित १३ पदक प्राप्त गर्दै तेस्रो भएको छ ।

गाउँपालिका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा भएको प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यामिक विद्यालयहरुको सहभागीता रहेको थियो ।
बिहिबारदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

प्रेस सेन्टर दोलखाका संस्थापकहरु सम्मानित

Friendship Khabar

बालगृहमा मनाइयो राष्ट्रिय झन्डा दिवस

Friendship Khabar

जलवायु परिवर्तन सम्बन्धि सन्देशसँगै विश्व साइकल यात्रामा दाेलखाका कार्कि

Kedar Dahal