फ्रेण्डसिप खबर
गृह पृष्ठ

तामाकाेशी गाउँपालिकाकाे स्थायी केन्द्र ताेक्न मतदान, मानेडाँडाका लागि खस्याे दुई तिहाई

केदार दहाल

दाेलखा/तामाकाेशी गाउँपालिकाकाे स्थायी केन्द्र वडा नं ३ काे मानेडाँडामा रहने भएको छ । हिजाेदेखि शुरु भएको गाउँ सभाले आज मतदान प्रक्रिया बाट टुंगो लगाएको हाे ।

गाउँसभाको दुई तिहाई बहुमतले केन्द्र तोक्न सक्ने व्यवस्था अनुसार तामाकाेशी गाउँपालिकाको स्थायी केन्द्रका लागि आज भएको मतदानमा गाउँ कार्यपालिकाका बहुमत सदस्यले वडा नं ३ काे मानेडाँडालाई स्थायी केन्द्र बनाउन मतदान गरेका छन् । मानेडाँडालाई स्थायी केन्द्र बनाउने पक्षमा २९ र बिपक्षमा ५ मत परेको छ त्यसै गरि २ जना कार्यपालिका सदस्यले भने तटस्थ मत दिएका छन् । कुल खसेको ३८ मत मध्ये २ मत बदर भएको छ ।

स्थायी केन्द्रका लागि जफेको छौंडे, कुमाले र मानेडाँडा, मालु र मानेडाँडाकेन्द्र कायम गर्नु पर्ने भन्ने छुट्टाछुट्टै प्रस्ताव दर्ता भएपनि मतदान प्रक्रिया बाट मानेडाँडा काे लागि बहुमत प्राप्त भएको हाे । पहिलाे निर्वाचित जनप्रतिनिधिहरुले स्थायी केन्द्र टुंगो लगाउन नसके पनि दाेश्राे निर्वाचित जनप्रतिनिधिहरुले मतदान प्रक्रियावाट स्थायी केन्द्रको टुँगो लगाएका हुन् । राज्य पुनर्संरचना आयोगले पनि पालिकाको केन्द्र मानेडाँडा सिफारिस गरेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

तेक्वान्दो क्विन संगीनालाई नुवाकोट सेवा समाज – युएईद्वारा सम्मान

Friendship Khabar

जनसचेतनद्वारा धितो लिलामी

Nabin Kumar Khatiwada

लालीगुरास अस्पतालमा कपिङ थेरापी सेवा

Friendship Khabar