फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

गाउँ पालिकाकाे स्थायी केन्द्र ताेकेकाे २४ घण्टा नबित्दै वडा अध्यक्ष द्वारा प्रमुखकाे कार्यकक्षमा ताेडफाेड

दोलखाको कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र हिजाे मात्रै भएकाे १२औं गाउसभामा भाेटिङ द्वारा कुविन्डेमा तोकिएकाे थियाे तर आज असन्तुष्ट वडा अध्यक्षले कार्यालयमा गएर कार्यकारि अधिकृत नवराज ओलिकाे कार्यकक्षमा तोडफोड गरेका छन् ।

वडा नं ५ लापिलाङका वडाअध्यक्ष सहदेव खड्काले आज दिउँसो गाउँपालिकाकाे कार्यालयमा पुगि अधिकृत ओलीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका हुन् । खड्काले कार्यकक्षमा रहेकाे कुर्चि, सोफा, कम्युटर लगायतका सामान फालेका थिए।

गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ४ को कुविन्डेमा तोक्नलाई भएकाे मतदानमा वडाध्यक्ष खड्का तटस्थ बसेका थिए । उनी सहित वडा नम्बर ५ का चार जना वडासदस्यहरु पनि तटस्थ बसेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वर गाउँपालिका र बिकास रणनीति

Nabin Kumar Khatiwada

विशाल र देवीले शुरू गरेका महत्त्वका याेजना पूरा गर्छुः गंगा कार्की

Nabin Kumar Khatiwada

वडा अध्यक्ष चौलागाईं द्वारा किसानलाई आर्थिक सहयोग

Nabin Kumar Khatiwada