फ्रेण्डसिप खबर
गृह पृष्ठ

के हो लम्पी स्कीन ? कसरी गर्न सकिन्छ यसको उपचार

लम्पी स्कीन रोग -Lumpy Skin Disease- LSD_
लम्पी स्कीन रोग पहिलो अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको हो । यसलाई अफ्रिकी मुलुको रैथाने रोग भनेर पनि चिनिन्छ । पहिला अफ्रिकामा सिमित यो रोग सन् २०१२ पछि मध्य पुर्व, दक्षिण पुर्वी युरोप, रसिया ,काजकीस्तान हुदै बंगलादेश र भारतमा पनि देखा परेको थियो भने नेपालमा मोरङ जिल्लामा वि स २०७७ साल साउन महिनामा पहिलो पटक देखा परेको हो ।
यो रोग गाईभैसिहरुमा भाईरसको कारणले लाग्दछ । यो रोग पक्स समुहको काप्रीपक्स भाईरसका कारणले लाग्दछ । यो रोग भैसिमा भन्दा गाईमा बढी देखिन्छ । यो रोग पशुबाट मानिसमा सर्दैन ।

लम्पी स्कीन रोग सर्ने तरिका
लामखुट्टे, झिंगा, किर्ना तथा बाह्य परजिविको टोकाईबाट, संक्रमित गाईभैसिहरुको ढुवानि, आवतजावत र लसपसबाट, ,संक्रमित पशु र स्वस्थ्य पशुलाई उपचारको क्रममा एउटै सुईको प्रयोग गर्दा ।
लम्पी स्कीन रोगको लक्षणहरु
उच्च ज्वरो आउने ( १०५–१०७० अ)सम्म, शरिरका विभिन्न ठाँउहरुमा गिर्खाहरु ( १० देखी ५० मिलिमिटर सम्मका) देखिने, खुट्टा गर्धन सुनिन्ने, कचेरा निकाल्ने, सिगान बगाउने तथा ¥याल निकाल्ने, गर्भ तुहिन सक्ने र पछि बाझोपना देखिने, दुध उत्पादन ८० प्रतिशत घट्ने, मृत्युदर १–५ प्रतिशत सम्म रहेको छ ।

प्रकाश थापा
सम्पर्क कार्यालय प्रमुख

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,
सिन्धुलीको सम्पर्क कार्यालय रामेछाप

लम्पी स्कीन रोगका उपचार
यो रोग भाईरसको कारणले लाग्ने भएकाले यसको ठोस उपचार छैन । यो रोग पछि लक्षणको आधारमा उपचार गनुपर्दछ ।
१) ज्वरो घटाउनका लागी पारासिटामोल,मेलोक्सिकेन आदि औषधि प्रयोग गर्ने ।
२) गाँठागुठी ÷गिर्खा र चिलाउन क मगर्नका लागि Chlorpheniramine maleate वा Pheniramine maleate आदि औषधि प्रयोग गर्ने ।
३) उच्च ज्वरो नभएको अवस्थामा Ivermectin प्रयोग गर्ने ।
भिटामिन र मिनिरलकोे प्रयोग गर्ने । गिर्खाहरु फुटेर घाउ भएमा पोटास पानि ले सफा गर्ने, Immunity Powder बढाउन Immuno Care प्रयोग गर्ने ।
४) Antibiotics औषधिको रुपमा
Oxytetracycline (Plain /Long Acting) Procaine Penicilline (Plain /Long Acting)आदि औषधि प्रयोग गर्ने ।
लम्पी स्कीन रोगको रोकथाम
खोप लगाउने, लामखुट्टे, झिंगा, किर्ना, भुसुना तथा बाह्य परजिविको नियन्त्रण गर्ने, रोगि पशु छुट्टै राख्ने, नियमित खोर गोठ सरसफाई गर्ने (फिनेल, फरमनलिन, भिरकोन प्रयोग गर्ने ) पशु प्राविधिकहरु संग परार्मश लिने ।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतन द्वारा सहकारी दिवसमा रक्तदान

Friendship Khabar

वैतेस्वर गाउँपालिकामा अझै चलेन सुत्र प्रणाली – सेवाग्राही मारमा

Kedar Dahal

म गलत गर्दिनँ,तपाईँहरु पनि नगर्नुस: मन्त्री चौधरी

Friendship Khabar