फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

कटुवाचौरमा आगलागी करोडौंको क्षति

दोलखा/दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ स्थित कटुवाचौर बजारमा भीषण आगलागी हुदा ९ घर जलेर नष्ट भएका छन भने करोडौंको क्षेती भएको छ ।
आगालीबाट बजार क्षेत्रका ९ घर क्षेती हुँदा ती घरमा सञ्चालित पसल तथा होटलहरुसमेत जल्दा करोडौंको नोक्सानी भएको हो । स्थानीय बासिन्दा समेत रहेका कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, राम बहादुर थामीको घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । गएराति ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा ल्याउने काम भैरहेको दोलखाका प्रहरी प्रवक्ता राजेश सिग्देलले जानकारी दिएका छन् ।
राति ११ बजे रुद्र बहादुर ओलीको घर नजिकै राखिएको परालको माचबाट आगलागी सुरु भएको बताइएको छ ।  आगलागी कसरी सुरु भयो भन्ने कारण खुलिनसकेको र अनुसन्धान भैरहेको जनाईएको छ ।   प्रहरी, स्थानीय र दमकलको टोलीले आगो निभाउने प्रयास गरेपनि चौतर्फी आगो सल्किएकाले तत्काल आगो नियन्त्रण गर्न नसकिएको स्थानीय विष्णु शिवाकोटीले जानकारी दिय । आगलागीबाट करोडौंको क्षति भएको छ भने धेरै पशुचौपाया पनि मरेका छन् । आगलागीबाट आफुले लगाएको लुगा बाहेक केही पनि निकाल्न नपाएको कालिञ्चोक गाउँपालिका वडा नं ९ कि वडासदस्य समेत रहेकी आगलागी पिडित कमला खातिले जानकारी दिईन् । घटनाको विस्तृत विवरण आउन  बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ  ।    

याे पढ्न छुटाउनु भयाे की ?

हनुमन्तेश्वरमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित

Friendship Khabar

सगरमाथामा फहरियो हिले शेर्पा समाजको झण्डा

Kedar Dahal

हनुमन्तेश्वर मावी ६५ औं बर्षमा,अभिभावक दिवस सम्पन्न

Nabin Kumar Khatiwada