फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ राजनीति

भुटानी शरणार्थी प्रकरण विरुद्ध अनेरास्ववियू दोलखाको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

चरिकोट/नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरुलाई कार्वाही गर्न कुनै कसुर बाकी नराख्न  सरकारलाई अनेरास्ववियू दोलखाले ज्ञापनपत्र पेश गरेको छ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू दोलखाका अध्यक्ष पुष्पक केसिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दोलखा पुगि साहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेलाई बुझाएको हो।अनेरास्ववियू को केन्द्रिय विशेष सर्कुलर अनुसार सरकार लाई दवाव सिर्जना गर्ने उदेश्यले देशभरका प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण पत्र बुझाइएको दोलखा जिल्ला अध्यक्ष पुष्पक केसीले जानकारी दिनुभयो।
ध्यानाकर्षण पत्रमा भनिएको छ:- हाम्रो सङ्गठन अनेरास्ववियू सडक सङ्घर्षको बाट सङ्गठनको स्थापना काल देखिनै विभिन्न रचनात्मक गतिविधि गर्दै बेथिति र विसंगतिको विरुद्ध कुनै प्रवाह नगरी मुलुकलाई यो अवस्था सम्म ल्याउन अहोरात्र खटदै आएको कुरा सर्वविधितै छ। मुलुकमा भएका पछिल्ला भष्टाचार जन्य विभिन्न काण्डको विरोध प्रदर्शन गर्ने तथा दबाब सृजना गर्ने केन्द्रिय कार्यक्रम अनुरूप ऐक्यबद्धता जनाउदै जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण गरिन्छ। अपराधीहरुको कुनै देश,जात,धर्म,लिङ्ग,भुगोल,वर्ग र सङ्गठन हुनु हुदैन भन्ने भावनाबाट प्रेरित भई सबै खाले अपराधीलाई कानुनी कठघरामा उभ्याई तिनिहरुको बिरुद्ध बिरोध प्रर्दशन गर्न सबै पक्षलाई आवहान गर्दछौ। नक्कली भुटानी शरनार्थी बनाई नेपाली नागरिकलाई बेचविखन गर्ने अपराधिक मानसिकता साथ केही गिरोहहरु सक्रिय भएको हुदाँ त्यस्ता गतिविधिमा सङलग्न देशद्रोही अपराधीहरुलाई उम्कन नदिई तिनका विरुद्ध कानुनी कार्बाही गराउन जिल्ला प्रशासन कार्यालय मार्फत सम्माननीय प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गरिन्छ ।
यदि भष्टाचार माथि साच्चै लगाम लगाउन सकिएन भने राज्यको कुनै अस्तित्व रहदैन र देश नै नष्ट हुने छ त्यसैले भष्टाचारी विरुद्ध जस्तोसुकै परिस्थितिमा पनि राज्य नडक्मकाओस भनि ध्यानाकर्षण गराउद छौं।

याे पढ्न छुटाउनु भयाे की ?

एमबी खड्का देशकै उत्कृष्ट दोश्रो कर्मचारी बन्न सफल

Friendship Khabar

नेकपा एस दोलखाको अध्यक्षको कार्यभार अशोक दहाल लाई

Nabin Kumar Khatiwada

नेपाली काङ्ग्रेस सम्बद्ध तरुण दल वैतेश्वरकाे संगठन विस्तार सम्पन्न

Kedar Dahal