फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

पहिरो पीडितलाई लायन्स क्लबको राहत

दोलखा/लायन्स क्लब अफ इन्टरनेशनलले गौरीशंकर गाउँपालिकाका वडा नं. ७ र ८ का पहिरो पीडितहरुका लागि राहत वितरण गरेको छ । एक महिना अघिको पहिरोबाट पीडित भएका ६३ परिवार पीडित भएका थिए । पहिरोमा ४ जनाको ज्यान गएको थियो भने २ जना बेपत्ता भएका छन् ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ डि डिस्ट्रिक्ट गोकर्णेश्वर काठमाडौंले ६३ परिवारका लागि खाद्यान्न, भाडाँवर्तन, ओड्ने ओछ्याउने, सोलार, टर्च जस्ता अत्यावश्यक सामग्री वितरण गरेको हो । प्रति परिवार २० हजार बराबरको १३ लाखको राहत वितरण गरेको राहत वितरणको अगुवाइ गरेका स्थानीय फुर्लाक्पा शेर्पाले जानकारी दिए ।

राहत वितरणका लागि लायन्स क्लब अफ इन्टरनेशनल ३२५ डि डिस्ट्रिक्टका गभर्नर रमेश लामाको नेतृत्वमा काठमाडौंदेखि ५० जना बढी लायन्सहरु सिंगटी आएका थिए । मानवीय सेवाका लागि आ आफ्नो गाँस कटाएर लायन्सहरुले सहयोग गर्ने गरेको उनले बताए ।
गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बाढी र पहिरो पीडितहरुका लागि गाँस कटाएर सहयोग गरेकोमा सहयोगी टिमलाई धन्यवाद दिए । पहिरोका कारण गौरीशंकर ७ टोपाटारका ८ घर पूर्णरुपमा क्षति भएको छ भने वडा नं. ७ र ८ का ६३ परिवारलाई जमिन चिरिएका कारण बस्ती जोखिम भएर अन्यत्र सारिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

प्रदेश निजामती सेवा र स्थानीय सेवासंग सम्बन्धित विधेयक प्रमाणीकरण,यस्ता छन मुख्य व्यवस्थाहरु

Friendship Khabar

दोलखाली समाजको अध्यक्षमा कुमार पिडि

Friendship Khabar

लालिगुरास अस्पतालले निशुल्क हाडजोर्नी स्वास्थ शिविर गर्दै

Friendship Khabar