फ्रेण्डसिप खबर
अर्थवाणिज्य गृह पृष्ठ बागमती प्रदेश समाचार

४२ करोड रोयल्टी नबुझाउने याक एण्ड यतिको इजाजतपत्र रद्द

काठमाडौं/राजधानीको मुटुमा रहेको याक एण्ड यति होटलको नाममा संचालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी पटकपटक ताकेदा गर्दा पनि नबुझाएकाले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले सो होटलको ५ तारे वर्गिकरण र क्यासिनोको इजाजजपत्र रद्ध गरिदिएका छन् 

बुधबार नेपाल सरकार मन्त्रीस्तरियनिर्णयले याक एण्ड यति होटल लिमिटेड, दरबारमार्ग, काठमाडौंको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८।०९।२२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेका थियो ।
पर्यटन मन्त्री प्रेम बहादुर आलेले नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लागयतको रकम कानून बमोजिम होटलले दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा लगत कसिएको तथा यस विभागको अभिलेखमा आर्थिक वर्ष २०७६–०७७ सम्मको बँकी बक्यौता आर्थिक वर्ष २०७७–०७८ को इजाजतपत्र नवीकरण दस्तुर, आ.व. २०७८–०७९ को रोयल्टी दस्तुर समेत गरी ४२ करोड २५ लाख ६८ हजार २ सय ५३ रुपैया ४२ पैसा नबुझाएकाले कानुन अनुसार क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको बताउनु भयो ।
विभागले यो निर्णय कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उक्त होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिनु पनि पत्राचार गरिएको छ । त्यस्तै राष्ट्र बैंकलाई उक्त होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिनु हुन अनुरोध छ ।
क्यासिनो नियमन गर्ने पर्यटन विभागका अनुसार नेपाल सरकारलाई तिर्न बुझाउन बाकी रहेको सन्दर्भमा गत विगत वर्षहरुमा पनि पटक पटक पत्राचार तथा सार्वजनिक सूचना मार्फत याक एण्ड यति होटललाई जानकारी गराइएको थियो ।
बाकी बक्यौता दाखिला चालु आर्थिक वर्ष ०७८।०७।०७ मा पैतीस (३५) दिने र मिति २०७८।०९।२७ मा पन्ध्र (१५) दिने अवधि तोकी पत्राचार गरिएको थियो ।

उक्त रकम दाखिला नगरेको देखिएकाले मिति २०७८।१०।१९ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा सात (७) दिनभित्र क्यासिनो सञ्चालन बापतको रोयल्टी लगायतका रकम दाखिला गर्न सूचना प्रकाशन गर्दा पनि तोकिएको अवधिभित्र दाखिला नगरेकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम त्यस होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटलको पँच (५) तारा स्तरको स्तर वर्गीकरण प्रमणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोकका राख्ने निर्णय गरिएको हो ।
विभागले बुधबारै उक्त होटललाई होटल तथा क्यासिनो सञ्चालन नगर्नु नगराउनु हुन याक एण्ड यति होटलाई सूचना पठाएको छ । 

ReplyForward

 

याे पढ्न छुटाउनु भयाे की ?

नव जनउत्थान साकोषको कुल पुजी १८ करोड

Friendship Khabar

नवनिर्वाचित सहकारी संघ दोलखाको सपथ ग्रहण

Friendship Khabar

गुरुहरुलाई उच्चप्रविधि कक्षा तालिम

Friendship Khabar