फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ लेख तथा रचना विचार

समाज,राजनीतिक पार्टी र यिनिहरुको चरित्र

इतिहासका हरेक कालखण्डको अध्यन गर्दा नेपाल, नेपालको शासन प्रणाली , अस्थिर छ। बिदेश मुखी छ।खासमा जनताहरु सधै निमुखा भए।सधै टाठाबाठाले हालिमुहाली गरेको देखिन्छ।

देव शमशेरले शिक्षाको बिकास गर्न स्कुल खोल्न खोज्दा,दास प्रथाका हटाउन खोज्दा, सति प्रथा हटाउन खोज्दा बिरोध गर्नै तिनै बर्ग थिए; जसले समाजलाई अन्धकारमा राखेर मोज मस्ती गरे।रैती दास बस्न नै रुचाए!!! यो अवस्थामा अहिले पनि छ्।गरिव- निमुखाको नाममा अहिले पनि राज्य दोहन छ।दोहन गर्ने विधि र तरिका फरक छ्न।भ्रष्टाचार , काममा ठगी, नितिगत बेइमानी, काम नगरी राज्यको सम्पत्ति दोहन/लुट…यो प्रणालीमा राणा कालदेखि अहिले सम्म सुधार आउन सकेन। सक्नेले लुटने भन्ने देखियो। समाजमा सचेतना बढ्न सकेन, राजनीतिले सुधार गर्न सकेन ।बरु मलजल गर्यो। तल्लो तह र तल्लो बर्ग सम्म काम गरेर भन्दा काम नगरी कमाउने र धनी हुन खोज्ने प्रवृत्ति बढेको छ।यो नै समस्या हो।

* समाजमा ३ खाले बर्ग र चरित्र छ्न।एउटा बर्गले राजनिति मतलव राख्दैन। जताबाट फाइदा उतै लाग्छन।जमिनदार , धनाड्य र नवधनाडय बर्ग यसमा पर्छन।छोरा छोरी बिदेशमा हुन्छ्न।नेपालबाट बैध/ अबैध कमाएर बिदेशमा रकम पठाउने गर्दछ्न।जसरी राणा कालमा भारतका बैकमा थुपार्थे। अहिले युरोप र अमेरिकामा पुग्यो; फरक तेत्ती हो।राजनीति सुधार र अस्थिरतासग कुनै मतलब छैन; यो बर्गलाई। राजनीति यिनिहरुबाटै घुमेको छ/ घुमाईएको छ।

# दोस्रो बर्ग, मध्यम बर्ग हो।सानातिना उद्योग, ब्यापार , ठेक्का पट्टा,जागिर, राजनीति र राजनिती कार्यकर्ता हुने/ बन्ने बर्ग हो। यो बर्ग राजनीतिमा कम चलायामान छ।पार्टीको राजनीति थेगिदिने बर्ग यहि हो। जनताको नाममा मिले सम्म राज्य दोहन गर्दछ्न।सधै अवसर खोजिरहेका हुन्छ्न। दोहन गर्न। जसरी पनि कमाउनु पर्छ भन्ने सिकेको छ; यो बर्गले।समाजको संरचना, समाजको प्रवृत्ति , धन हुदाको सम्मान र सुबिधा प्राप्तिको प्रणालीले प्रभावित पारेको छ।जसरी हुन्छ; कमाउ । राजनीतिक पार्टीको आधार / खम्बा यहि बर्ग हो।

#तेस्रो चरित्र , सधै निमुखा छ। यिनैको नाम राजनिती हुन्छ। बिकासका कुरा हुन्छन।तर कहिल्यै प्रतिफल पाउदैनन।समाजका गरिब, किसान, मजदुर, दलित, पिछडिएको जाती यसमा पर्छन।जुन प्रणाली , जुन राजनीतिक ब्यवस्था आउदा पनि मुल धारमा आउन सकेनन।शिक्षा, स्वास्थ्य, रोजगार तथा राज्यका सुबिधाबाट बन्चित छन।यिनिहरुको बिकास गर्ने नामबाट टाठाबाठाले राज्य दोहन गर्दछ्न।हरेक चुनावमा यिनिहरु दल परिवर्तन गर्दछ्न। केही सय नगद वा खान पिन वा झुटो आश्वासनमा बिक्छ्न। त्यतै लाग्छन। यिनिहरुलाई सबल बन्न नै दिइएन। खासमा आत्मा निर्भर बनाउनै खोजिएन।निर्वाचन हराउने र जिताउने बर्ग यहि हो।तराईमा मुखियाहरुले ठेक्का लिन्छ्न भने पहाड्तिर कार्यकर्ताहरुले भर थेग गर्दछ्न ।सधै आयाराम र गयाराम हो; यिनिहरुको अवस्था।

नेपालका कुनै राजनीतिक पार्टीमा जनता बलियो बनाउने नीति आएन।केवल चुनाव जित्ने नीति आयो।किन यस्तो भयो भन्ने सन्दर्भमा दल/ पार्टीको सामान्य प्रवृत्ति चर्चा गरिएको छ-

# काङ्ग्रेस – आफुलाई प्रजातन्त्रको मसिहा ठान्छ।समाजवाद बन्छ तर ब्यबहारिक प्रयोग कहिल्यै गर्दैन। मास बेस पार्टीबाट पुन क्याडर बेस पार्टीमा रुपान्तरण हुनु प्रजातन्त्रका लागि दु:खद हो।यसले झन राम्रो सङकेत गरेन। 2007 सालदेखी नेपालाको राजनीति काङ्ग्रेसकै वरिपरि घुमेको छ। काङ्ग्रेसले नीति नै लिनु परेन/बनाउनु परेन। पन्चायत वा कम्युनिस्ट वा राजाले बेढ्ङ गर्दा नै उसलाई काफी भयो।अहिले प्राप्त गरेको अवसर पनि केपि ओलिको सत्ता उन्माद र प्रचण्डहरुको सत्ता च्याखे थपाई भन्दा बढी केही होइन।

# एमाले – भन्ने कम्युनिस्ट तर व्यबहार सामान्ती र पुजीवादी चरित्रले भरिएको छ।जसरी हुन्छ धन कमाउ भन्ने अघोषित नीति छ।नव- धनाडय बर्गमा सामेल भएका छ्न यसका नेता कार्यकर्ता । अपार जनसमर्थन भएर पनि त्यसलाई उपयोग गर्न नसक्ने दल हो; एमाले। तलदेखि माथी सम्म सङगठित सदस्य छ्न।राज्य निर्माण भन्दा दोहनमा यिनिहरुको प्रमुख भुमिका छ।

# माओवादी केन्द्र – गरिव निमुखालाई आमूल परिवर्तनको सपना देखाएर सत्ता प्राप्त गरेको दल हो, माओवादी केन्द्र । प्राप्त सत्तालाई सदुपयोग गर्न नसक्दा किनारी भागमा पर्दै गएको छ।हिजो जनयुद्धका नाममा भएका क्रियाकलाप नै उसका लागि घाँडो भएका छ्न।सामान्य एउटा “पिर गित” ले हल्काईदिने यसको आधार कति बलियो छ भनेर मापन गर्न सकिन्छ।गरिव र निमुखालाई केन्द्रमा राखे पनि एमाले पार्टीको चरित्र भन्दा खासै फरक छैन। यो पनि कम्युनिस्ट चरित्रबाट बिमुख हुँदै छ।

# क्षेत्रीय पार्टी – सत्तामा पुग्नका लागि, सत्ता प्राप्तिका लागि गरिव/ बेरोजगार / किसान आदिलाई पहाडीया/ काठमाडौले हेप्यो भन्दै तराईका जनताको सेन्टिमेन्ट भडकाएर शक्ति आर्जन गरेका छ्न।राजपा, जसपा ,लोसपा…यसका जनता भन्दा सिमित नेताकार्यकर्ताले अवसर लुटेका छ्न।सत्ताका लागि आफू आफुमा लड्नु/ भिडनु र बिभाजन हुनु ; यिनिहरुको विशेषता हो।काठमाडौले विभेद गर्यो भन्ने बाहाना बनाई नेतृत्व हत्याउने स्वाभावबाट ग्रसित छ्न। बास्तबमा तराई मधेसमा गरिबी छ, सामन्ती सस्कार छ,अशिक्षा छ, बेरोजगारता छ, कु प्रथा ब्याप्त छ। यसले गर्दा जनता निर्णायक हुनै सकेनन। दलले अल्मल्याई रहे।

# अन्य साना दल खास गरि एकीकृत समाजबादी, राप्रपा , नेमकिपा, राजमो आदिको चरित्र पनि माथी उल्लेख गरे भन्दा खासै फरक छैन। नेमकिपाको बिचारमा प्रष्टता भएता पनि कोर भक्तपुरबाट बाहिर निस्कन सकेन। एकीकृत समाजवादी एमालेको केपि प्रवृत्ति र उसको काम गर्ने शैलीबाट अलग/ बिभाजित भएको हो ।यसले कति जित्ला नजित्ला भन्न सकिन्न्न तर नेकपा एमालेलाई धेरै ठाउमा हराउन सफल हुने देखिन्छ।खास यिनिहरुमा नितिगत भिन्नता नहुदा कति लामो समय पार्टी रहन्छ वा पुरानै धारमा फर्कन्छ; भन्न कठिन छ।

अन्तमा ,नेपाली समाजकै उत्पादन हुन राजनीति दल र त्यसका कार्यकर्ता अहिलेको राजनीतिले समाजको वास्तविक चित्रण गरिरहेको छ। नेपालका राजनीतिक पार्टी जनतालाई सबल र सक्षम बनाउन चाहादैनन कि शङ्का छ !!!! कतै इतिहाका पात्र चन्द्र शम्शेरको लाईनमा त छैनन?? अबको समाज राजनीतिले वा राजनीतिले समाज परिवर्तन टुङ्गो छैन।

याे पढ्न छुटाउनु भयाे की ?

उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा लगानी

Friendship Khabar

चरिकोट बहुउद्देश्यीय सहकारी संस्था लि. को दशौं वार्षिक साधारण सभा सम्पन्न

Friendship Khabar

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Rajkumar Dahal