नेपालमा अपांगताको क्षेत्रमा काम गर्ने सबै भन्दा जेठो संस्था नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र आज अबिभाबक
बिहिन हुन् पुगेको छ। बिक्रम सम्बत २०२६ सालमा काठमान्डौको जोरपाटीमा स्थापित यो संस्था बिशुद्ध गैरनाफामुखी
सामाजिक संस्था हो। अपांगता भएका ब्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य, ब्यबसायिक तालिम दिएर उनीहरुलाई ससम्मान
समाजमा पुनर्स्थापना गराउनु यसको प्रमुख उदेश्य थियो। स्थापनाको बेला देखि लामो समय सम्म यसले धेरै राम्रा राम्रा
काम गरि धेरै अपांगता भएका ब्यक्ति हरुलाई जीवनदान दिएको थियो। समाजका बिशिस्ट ब्यक्तित्वहरुको संलग्नता,राज
परिवारको छत्रछायाँ, सबैको सहयोगका कारण यसमा कुनै बिकृति देखिएको थिएन। बिभिन्न दात्रि संस्था हरुले यसलाई
हरतरहले सहयोग गरेका थिए। तसर्थ यो संस्था अपांगताको क्षेत्रमा ठुलो इतिहास रच्न सफल थियो।
समयको परिबर्तन संगै यसमा बिबिध समस्याहरु देखिन थाले। शुरुका दिनहरुमा चलेका पुनर्स्थापना सम्बन्धि कार्यक्रमहरु
धमाधम बन्द हुन् थाले। सेवा दिनु पर्ने अपाङ्गता भएका ब्यक्तिहरुलाई उपेक्षा गर्न थालियो र कसरि संस्था बाट व्यक्तिगत
लाभ लिने भन्ने तिर होडबाजी चल्न थाल्यो। शुद्ध सामाजिक संस्थालाई केहि दिन्छु भन्नुको सट्टा यसलाई कसरि दोहन गर्ने
भन्ने मानशिकता भएका पाखण्डी हरुको हातमा संस्था पर्नु संस्थाको ठुलो दुर्भाग्य मात्र होइन कि अपांगता भएका हरुका
लागि अभिसाप पनि हो ।
नेपाल अपांग संघको यो हालत हुनुमा हामी सबै जिम्मेवार छौं। कसरि भने- सामाजिक संजालमा भनिए बमोजिम यदि सबै
साँचो हो भने आजसम्म सबै किन चुप त्? किन त्यही बेलामा यसको बिरोध नगरेको त ! भनिन्छ अन्याय गर्ने भन्दा अन्याय
सहने ठुला अपराधी हुन। हामी नेपालीहरुको यही बानी राम्रो छैन कि हामी अति नहुँदा सम्म चुप नैं बस्न खोज्छौं, जब अति
हुन्छ त्यस बेला सम्म धेरै नै नोक्सान भै सकेको हुन्छ। लक्षित बर्ग जबसम्म जागरुक,सकारात्मक र एक ढिक्का हुन्नन्
तबसम्म मौकाको फाइदा उठाउनेहरु गौंडा कुरी रहन्छन र त्यहाँ विसंगति र विकृतिले जन्म लिन्छ जसको ज्वलन्त
उदाहरण हो अहिलेको यो अवस्था । जिम्मेवारी र जवाफदेहिता शुन्यको पराकाष्टा हो यो ! सुन्दा पनि लाजै लाग्दो। जो
संग न त बुद्धि, न त धन, न अपांगता सम्बन्धि केहि शिक्षा त न कुनै विद्वता ! त्यस्तैलाइ फेरि गर्नु छ ठुलो समाज सेवा !
तेस्तै झुण्डहरुको समुह यस्तो पबित्र संस्थामा बसेर समाजसेवाको नाममा ब्रह्मलुट गरिरहेका छन। यस्ता अपराधीहरुलाई
कानुनको कठघरामा उभ्याई हदैसम्मको सजाय दिलाउनु पर्छ जसका लागि परिवार,नागरिक समाज र रास्ट्रको सहयोग
अपरिहार्य हुन्छ।केवल तोकिएको बजेट दिनु मात्र रास्ट्रको जिम्मेवारी होइन, समय समयमा यसको निरिक्षण, अबलोकन
र मुल्यांकन गरि उचित मार्ग निर्देशन अपरिहार्य हुन्छ जसले बिकृति हुन बाट बचाउँछ ।
कुनै पनि संस्थालाई ठिक ढंगबाट अगाडि बढाउन त्यसमा कार्यरत कर्मचारीहरुको ठुलो भूमिका हुन्छ जुन यस संस्थामा
अभाब छ। स्वयंसेवकका रुपमा आउने संचालक समिति अस्थाई हो तर निरन्तर काम गर्ने कर्मचारीहरु भनेका संस्थाका
स्थायी सम्पति हुन् जसले निरन्तर रुपमा संस्थाको उदेश्य अनुरुप बफादार भै काम गर्नुका साथै यदि कसै बाट संस्थाको
उदेश्य बिपरित काम भयो भने खबरदारी गर्ने हैशियत राख्नु पर्छ।अपांग संघको यो हविगतका भागीदार त्यहाँ कार्यरत
कर्मचारीहरु पनि हुन् जो न आफुले संस्थाको उदेश्य बमोजिम मार्ग निर्देशन गर्न सके न त संस्थालाई समय सापेक्ष
परिबर्तन नै गर्न सके। जसको परिणाम न त उनीहरुको भबिश्य सुनिस्चित भयो न त संस्थाले गति पायो। बिगत लामो
समयदेखि अलपत्र परेको संघमा खै कसैले केहि कार्यक्रम ल्यायो ? कति प्रस्ताबहरु लेखिए? कहाँ कहाँ आवाज उठाइयो?
कति वटा सभा सम्मेलन र कन्फेरेन्स्मा आफ्ना कार्यक्रम बारेमा प्रस्तुतीकरण गरियो? संघका बिभिन्न भवनहरु जिर्ण
अवस्थामा छन् जसलाई तुरुन्त मर्मत सम्भार वा नया निर्माण गरि एव हाल्नु पर्ने छन्, त्यस तर्फ कसैलाई मतलब छैन।
यत्रो भूकम्पको त्रास भएको देशमा ति भवनहरुको भबिश्य बारे कसैलाई चिन्ता छ ? जुनसुकै बेला आउने भूकम्पले त्याहाँ
आश्रित अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको एकै चिहान हुन् बेर छैन, यसबारे कसैले सोचेको छ? खै हरेक बर्ष के
के कार्यक्रम हरु भए? कति जना अपांगता भएका ब्यक्तिहरुले के के सुबिधा पाए ? खै आंकडा? संघ संचालक समितिले
बार्षिक कति बजेट ल्यायो? कता कता खर्च भयो? यी यावत कुरा हरु हेर्दा प्रतिफल सुन्य देखिन्छ । बेला बेला मा सुन्नमा
आए अनुसार ठुला होटेल हरुमा मिटिंग हरु गर्ने, हवाइजहज चड्ने, पार्टी गर्ने, संस्थाका सवारी साधनहरु व्यक्तिगत
कामका लागि प्रयोग गर्ने अनि बिल भने संस्थाले तिर्नु पर्ने? अनि पाएसम्म आफ्ना आसेपासे हरुलाई जागिर र सुबिधा
बाँड्ने रे ! के नेपाल अपांग संघ नाफामुखी व्यापारिक संस्था हो? यस्ता बिलाशिता र एस आराम चाहिनेहरुले त ब्यापार
व्यवसाय गर्नु नि! किन समाज सेवा गर्छु भनेर लाग्नु ! समाज सेवा भनेको त लिने क्षेत्र होइन, यो त दिने क्षेत्र हो जहाँ
भौतिक, आर्थिक, बौंदिक र समय वा आफुसंग जे छ त्यसलाई बिना स्वार्थ दिने हो।
अबको बाटो के?
मेरो बिचारमा कस्तो लाग्छ भने कुनै पनि कुरा परिबर्तन हुनु अघि त्याँहा कि त अति राम्रा कामहरु हुनु पर्छ जसले
सकारात्मक ढंगले परिबर्तन ल्याउछ वा चरम बिकृति हुन्छ, जसले बिस्तारै परिबर्तनको बाटो निर्धारण गर्छ। संस्थाको
उदेश्यलाई पुन: ब्युताई काम गर्ने हो भने यी कुरा तुरुन्त गर्नु पर्ने हुन्छ।
१, हालको बेथितिको टुंगो लगाउन सरकारी तवरबाट एक उच्च स्तरीय छानबिन आयोग बनाई सत्य तथ्य सार्बजनिक गर्ने।
२, आयोगको प्रतिबेदनको आधारमा दोषी ठहरिएका हरुलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने।
३, संघको सदस्यता वितरण सम्बन्धि बिधान संशोधन गर्ने, जो पायो त्यहीलाई सदस्यता नदिने।
४, संघको सम्पतिको लेखाजोखा गरि सार्बजनिक गर्ने।
५, बार्षिक लेखा परिक्षण सरकारी लेखा परिक्षकबाट मात्र गराउने।
६, अपांगता सम्बन्धि काम गर्ने बिभिन्न अरु संघ संस्थाहरुसंग साझेदारीमा काम गर्ने।
७, संघका कार्यक्रमहरुलाई अन्तर रास्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने।
८, संघका बिभिन्न कार्यक्रम हरुमा सक्षम अपांगता भएका ब्यक्ति हरुलाई रोजगारी दिने।
९, संस्थाका बढी भन्दा बढी निर्णयहरु कार्य समितिको पूर्ण बैठकबाट मात्र गर्ने।
सारांसमा भन्नुपर्दा, विशुद्ध सामाजिक संस्थामा भ्रष्टचार वा लापरबाही गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याई कारबाही
गरिनुपर्छ। खगेन्द्र नवजीवन केन्द्रका कार्यक्रमहरु समयानुकुल ढंगबाट संचालन गर्नका लागि वर्तमान व्यवस्थालाई पूर्णरुपमा
परिवर्तन गरी युग सुहाउँदो व्यवस्थाको खोजी गरी बढी भन्दा बढी अपांगता भएका व्यक्तिहरुका लागि विविध
पुनर्स्थापकीय समावेशीतामूलक कार्यक्रमहरु संचालन गर्नुपर्छ। यसका लागि अहिलेको संरचना पूर्ण रुपमा ध्वस्त पारि नयाँ
शुरुवात गर्नु पर्छ।
{माथिका बिचारहरु लेखकका ब्यतिगत धारणा हुन्। लेखक नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका
पूर्व कर्मचारी तथा हाल क्यानाडामा अपाङ्गता अध्ययन तथा अनुशन्धान कार्यमा संलग्न छन्}
