फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य गृह पृष्ठ बागमती प्रदेश

नव जनउत्थान साकोषको साधारण सभा दुई चरणमा सप्पन्न

खावा/नव जनउत्थान साकोस बैतेश्वर- ३, खावाकाे एकिकृत दोस्रो वार्षिक साधारण सभा क्षेत्रगत रुपमा दुइ चरणमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष तेन्जिङ शेर्पाको अध्यक्षतामा तथा नेफ्स्कुनका संचालक सदस्य जिवसराज खडकाको प्रमुख आतिथ्यतामा नव ज्योति सेवा केन्द्रमा संयुक्त सभा  सम्पन्न भएको हो।
दुई चरणमा भएको साधारण सभा मध्य पहिलो चरण भने मिति आस्विन १५ गते विभिन्न चार स्थानमा सम्पन्न  भएको थियो। मुख्य कार्यालय खावामा जिरी नपा ७ का कार्यबाहक वडा अध्यक्ष श्री फुर्वा रेन्जि शेर्पा,लहरमाने सेवा केन्द्र लहरमाने मा जिरी ८ का वडा सदस्य श्री चन्द्र ब श्रेष्ठ, जनउत्थान सेवा केन्द्र यार्सामा दाेलखा जिल्ला बचत संघका लेखा सुपरिवेक्षण समितिका संयाेजक श्री डम्बर ब खड्का र राम्बाेले सेवा केन्द्र राम्बाेलेमा जिरी ८ का वडा अध्यक्ष श्री कृष्ण कुमार खड्काकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । भने संयुक्त साधारण सभाको नेपाल बचत तथा केन्द्रिय सहकारी संघ लिमिटेडका सञ्चालक सदस्य जिवसराज खड्काले उद्धघाटन गर्नुभएको हो ।

नव जनउत्थान साकोसले गत आर्थिक वर्षमा ३१ लाख १४ हजार ३ सय १९ रुपैया खुद नाफा गरेको छ । यसैगरी, संस्थाको शेयरपुँजी १ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ पुगेको छ भने १२ करोड ६८ लाख ९ हजार ६ सय ९१ रुपैयाँ बचत तथा १३ करोड ८७ लाख ९ हजार ७ सय ९२ ऋण लगानी रहेको संस्थाका व्यवस्थापक आङनर्वु शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको कुल पुजी १६ करोड ५० लाख ७ हजार ८ सय ८३ रुपैयाँ रहेको छ । संस्थामा हाल ३५ सय ४४ जना शेयर सदस्य रहेका छन् ।

साधारण सभाको अवसरमा नव जनउत्थान साकोसको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको रिक्त पदमा पदाधिकारी पनि चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा नुर्वु शेर्पा चयन भएका छन् । सञ्चालक समितिको सदस्यहरुमा तिर्थबहादुर तामाङ, रेनुका श्रेष्ठ, साङगे दोर्जे शेर्पा, निर्मला दाहाल र सोनी शेर्पा चयन भएका छन् ।
यसैगरी लेखा सुपरिवेक्षण समितिको सदस्यमा विरबहादुर खड्का र सुर्यबहादुर खड्का चयन भएको नवजनउत्थान साकोषले जनाएको छ ।
संस्थाका अध्यक्ष तेन्जिङ शेर्पाको अध्यक्षतामा भएको साभारणसभामा दोलखा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्का, जनमुखी साकोसका अध्यक्ष माधव दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । साधारणसभाको अवसरमा एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा, वृद्धवृद्धा, बाल बचत कर्ता, उत्कृष्ण ऋण लगानीकर्ता, उत्कृष्ट बचत कर्ता लगायतलाई सम्मान पनि गरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दुर्गम गाउँको उत्पादन बजारीकरणमा सारथी बन्यो सहकारी

Kedar Dahal

गठवन्धन भित्र सहमतिको खोजि भइरहेको नेता नेपाल

Friendship Khabar

पशुपति स्मृति अस्पतालको न्युनतम सेवा स्तर बढ्याे

Friendship Khabar