फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ राजनीति

नेता कँडेल एमाले परित्याग गर्दै नेकपा एसमा समाहित

रामेछाप /नेकपा एमाले रामेछापका नेता तथा अधिवक्ता झम्क कँडेलले एमाले परित्याग गर्दै नेकपा एसमा समाहित भएको घोषणा गरेका छ्न ।
बुधबार प्रेश बिज्ञप्ती मार्फत कडेलले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन।
पछिल्लो समय एमालेका नेता कार्यकर्ता हरु एकपछी अर्को क्रमश पार्टी परित्याग गर्दै नेकपा एसमा प्रवेश गर्ने लहर चलिरहेको बेला रामेछापका नेता कँडेल ले पनि एमालेमा नरहने घोषणा गर्दै नेकपा एसमा समाहित हुने निर्णय गरेका हुन।

नेकपा एमालेमा जनाधार भएका नेताको रुपमा पनि चिनिएका कँडेलले बिज्ञप्तीमा लेखेका छ्न
“नेपाली कम्युनिष्ट आन्दोलन र नेपालको राष्ट्रिय राजनीतिमा प्रमुख भूमिका निर्वाह गरी आएको लोकप्रिय पार्टी नेकपा एमालेमा संगठित भई क्रियाशील भएको तीन दशक (३१ वर्ष) पूरा भएको अवगत गराउँदछु नेपाली राष्ट्रिय राजनीतिको मूलमियो भएर राज्यसत्ता सञ्चालन गर्ने अवसर पाएर पनि यो पार्टीको मूल नेतृत्व चरम व्यक्तिवादी स्वेच्छाचारिता, गुटगत सङ्कीर्णता, अदूरदर्शी र अपारदर्शी क्रियाकलाप, भद्धा, विलासी र नवधनाढ्य जीवनशैली, कर्पोरेट हाउसहरुसँगको साँठगाँठले गर्दा सबल र सुदृढ एकतावद्ध पार्टीमा विभाजन आई सिङ्गो कम्युनिष्ट आन्दोलन र मुलुकले क्षति व्यहोर्नुपरेको यथार्थ सबैसामू स्पष्ट नै छ । फलस्वरुप राजनीतिक अस्थिरता सुरु भई गठवन्धनमा जकडिएको सरकार बन्धक र अनुत्पादक बनेको व्यवस्थापिका, बेथिति र बिसंगतियुक्त न्यायापालिकाको विद्रुप चित्र अहिलेको यथार्थ बनेको छ मैले यो पार्टीमा रहँदा बस्दा जुन पात्र र प्रवृत्तिको विरोध गरेँ, आज त्यही पात्र र प्रवृत्ति झाँङ्गिएर मुस्लिएर असल नेता र कुशल नेतृत्वको सट्टा प्रभुत्वशाली अभिजात्य वर्गका रुपमा अजङ्गको पहाड बनेर बसेको छ यसै सन्दर्भमा हालै नेकपा एमाले पार्टीबाट अलग हुने निर्णय गरी सम्बन्धित कमिटीमा राजीनामा पत्र पेश गरेकोमा त्यसको कुनै सम्बोधन नभई बेवास्ता समेत गरिएको छ अतः पार्टीको मूल नेतृत्व र त्यसको गलत प्रवृत्तिलाई सच्याउन नसकेको स्वीकार गर्दै आफू त्यसबाट अलग भएको घोषणा गर्दछु साथै राजनीतिक विश्वविद्यालयकै रुपमा रहेको मातृपार्टी नेकपा एमालेमा रहेर यसअघि मैले धेरै कुरा सिक्ने-बुझ्ने अवसर पाएको कुराको म सुखद स्मरण गर्दै हालसम्म पनि सोही पार्टीमा रहेका तमाम क्रान्तिकारी सहयोद्दा मित्रहरु, अग्रज, असल र इमानदार नेतागणमा हार्दिक सम्मान व्यक्त गर्दै उहाँहरु सबैमा बिशुद्ध सशक्त कम्युनिष्ट आन्दोलन र पार्टी निर्माणका खातिर बिद्रोहको अपील समेत गर्दछु । राजनीतिक रुपमा थप सक्रिय हुँदै न्यायपूर्ण, लोकतान्त्रिक, समतामूलक समाज र सबल राष्ट्र निर्माणका लागि नीति र विचार मिल्ने नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भई अगाडि बढ्ने प्रण गर्दछु ।

याे पढ्न छुटाउनु भयाे की ?

दुई दिनदेखि अवरुद्ध बस सेवा सुचारू

Friendship Khabar

मन्त्री मोक्तान द्वारा निर्माणाधिन विकास निर्माण र विद्यालयहरुको अनुगमन

Friendship Khabar

जुरिच किन्डर गार्डेनको दीक्षान्त,१३ जना दिक्षित

Nabin Kumar Khatiwada