फ्रेण्डसिप खबर
Breaking कभर स्टाेरी गृह पृष्ठ देश

दुई दिनदेखि अवरुद्ध बस सेवा सुचारू

दाेलखा ५ असार/२ दिनदेखि बन्द दाेलखा काठमाडौं बस सेवा आज अपरान्हदेखि सुचारू भएको छ । जिल्ला प्रशासन कार्यालय दाेलखामा भएको सर्वपक्षीय छलफलबाट यातायात सुचारू गराउने निर्णय भएको हाे ।

यातायात सेवा सुचारू गर्ने कुनै ठाउँमा अवरोध खडा भए कानुन बमोजिम कारबाही गर्ने झडपका क्रममा भएका घाइतेको उपचार गर्ने विषयमा सहमति भएको हाे ।
काठमाडौं महानगरपालिकाले गाेंगबु बसपार्कबाट मात्र बस चलाउनुपर्ने नियम लागू गरेपछि दाेलखाका २ यातायात व्यवसायी बीचकाे विवादले दाेलखा २ दिनदेखि यातायात बन्द थियाे ।

काठमाडौं महानगरको निर्णय वमोजिम रोल्वालिङ यातायातले नयाँ बसपार्कमा काउन्टर खोलेर सोही स्थानवाट बस संचालन गरेपछि विवाद सुरु भएको हो । रोल्वालिङ यातायातले असार १ गतेदेखि नयाँ बसपार्कवाट दोलखाकालागि बस संचालन गरेको थियो ।

नयाँ बसपार्कबाट छुटेका राेल्वालिङका बसलाई पूर्व अरनिको यातायातका व्यवसायी र मजदुरले जडिबुटीमा यात्रु चढाउन नदिइ कुटपिट गरेकाे, काउण्टर ताेडफाेड गरेकाे र आफ्ना बसमा ताेडफाेड गरेकाे राेल्वालिङ पक्षकाे आराेप थियाे । अरनिको यातायातले भने महानगरकाे निर्णय अस्वीकार गर्दै आएको छ ।

सर्वपक्षीय निर्णयलाई राेल्वालिङ यातायातका अध्यक्ष मिङ्गुर शेर्पाले स्वीकार गरेतापनि अरनिकाे पक्षले निर्णयमा हस्ताक्षर गर्न मानेन ।

याे पढ्न छुटाउनु भयाे की ?

गाैरिशंकरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन, राेग नलुकाइ परिक्षण गराउन अध्यक्ष कार्कीकाे अनुराेध

Kedar Dahal

समाजवादीको चौथो पुनर्गठन दिवस

Nabin Kumar Khatiwada

दोलखामा जनजाति महासंघ समाजबादी सहित ४ घटक संघ गठन

Friendship Khabar