फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

नेपाली काङ्ग्रेस बैतेश्वर काठमाडौं सम्पर्क समिति गठन

पुष्कर अधिकारी

बैतेश्वर /नेपाली काङ्ग्रेस बैतेश्वर काठमाडौं सम्पर्क समिति गठन कार्यक्रम आज म्याकडिनाल्ड क्याफे, मध्येबानेश्वर काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय बाबू शिवाकोटी, कुन्दन राज काफ्ले, नेपाली काङ्ग्रेस दोलखा क्षेत्र नम्बर १ का सभापति शुक्र तामाङ , नेपाली काङ्ग्रेस दोलखा जिल्ला कार्य समिति सदस्य देवराज खत्री,कृष्ण बहादुर दहाल, तरूण केन्द्रीय सदस्य राजन अधिकारी लगायतले मन्तव्य राखेका थिए।

नेपाली काङ्ग्रेस बैतेश्वरका सभापति शमशेर घिसिङ को सभापतित्वमा सम्पन्न कार्यक्रमले निम्नानुसारको नेपाली काङ्ग्रेस बैतेश्वर काठमाडौं सम्पर्क समिति तथा बैतेश्वर गाउँपालिकाको वडा नं १ देखि ८ सम्मको वडा सम्पर्क समिति गठन गरेको छ । हिरणय राज उप्रेती को सभापतित्वमा हाललाई २१ सदस्यीय र ४ जना पछि मनोनित गर्ने गरि २५ सदस्यीय नेपाली काङ्ग्रेस बैतेश्वर काठमाडौ सम्पर्क समिति गठन गरिएको छ जसमा उपसभापति – बिपिन दहाल र सुकराम तामाङ, सचिव- सन्तोष श्रेष्ठ र राजन घिसिङ, सह सचिब -जोगलाल तामाङ र नीर बहादुर मिजार लगायत रहेका छन । त्यस्तै कार्यक्रम ले निम्नानुसारका सभापतिहरूको संयोजकत्वमा वैतेश्वर गाउँपालिका काे वडा नंम्बर १ देखि ८ सम्मको वडा सम्पर्क समिति समेत गठन गरेको छ । वडा नं १- आङदोर्जे लामा वडा नं २- चरित्र कुमार श्रेष्ठ वडा नं ३- राम शरण अधिकारी वडा नं ४- सुमन न्यौपाने वडा नं ५- राजु दहाल वडा नं ६- राम चन्द्र शिवाकोटी वडा नं ७- नवीन तामाङ वडा नं ८- राजु थापा

याे पढ्न छुटाउनु भयाे की ?

एमाले-राप्रपा र परिवार दलबीच देशभर गठबन्धन गर्ने सहमति

Friendship Khabar

उम्मेद्बारी दर्ता संगै जन्मगाउँमा कुन्दन काफ्ले

Nabin Kumar Khatiwada

आजदेखि २ दिन माथिल्लो तामाकोसीकाे उत्पादन बन्द

Nabin Kumar Khatiwada