फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार स्थानीय समाचार

नेकपा एस दोलखा पुनर्गठन

चरिकोट/नेकपा एकीकृत समजबादी दोलखा को पुनर्गठन गरिएको छ।
आज बसेको एकिकृत समाजवादी दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी  केन्द्रीय सदस्यहरू,केन्द्रीय आयोग सदस्यहरू,प्रदेश सदस्यहरू, दोलखा जिल्ला कमिटी पदाधिकारी ,जनवर्गिय संगठन केन्द्रीय पदाधिकारी र सम्पर्क मञ्च नेतृत्वको विशेष बैठकबाट दोलखा जिल्ला कमिटीलाई पुनर्गठित गर्ने निर्णय गरेको हो।
पुनर्गठन गरिको जिल्ला कमिटीको अध्यक्षमा भिम प्रसाद दहाल,उपाध्यक्ष प्रोण प्रताप के सी र घनश्याम रिजाल,सचिवमा अशोक दहाल,उप सचिवमा हरिहर कार्की र संगिता पाख्रिन चयन भएका हुन।
नेकपा एकीकृत समाजाबादी दोलखाको पदाधिकारीमा नयाँ युवा अनुहार हरु थपिएका छ्न।अध्यक्ष दहाल,उपाध्यक्षहरु प्रोण प्रताप केसि र घनश्याम रिजाल यस अघिको जिल्ला कमिटीको सचीव र उपसचिव को जिम्मेवारी सम्हालेका पदाधिकारी नै हुन भने सचीव अशोक कुमार दहाल युवा संघ नेपालका केन्द्रिय उपमहासचिव भइ केन्द्रिय राजनीति गरेका प्रभावशाली युवा नेता हुन त्यसैगरी उपसचिव हरिहर कार्की पार्टीको दोलखा काठमाडौ संपर्क मंचका अध्यक्ष हुन भने अर्का उपसचिव संगिता पाख्रीन अनेमसंघ को केन्द्रिय सदस्य तथा स्थानीय तहको निर्वाचन मा पार्टीको तर्फबाट भिमेश्वर नगरपालिकाको उपमेयर पदमा उम्मेद्बार भइ झिनो मतान्तरले पराजित भएकी सक्रिय महिला नेत्री हुन।

याे पढ्न छुटाउनु भयाे की ?

गाैरिशंकरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन, राेग नलुकाइ परिक्षण गराउन अध्यक्ष कार्कीकाे अनुराेध

Kedar Dahal

वैतेश्वरकाे दाेस्राे अध्यक्ष कपकाे उपाधि पनि जिरीलाई

Kedar Dahal

प्रचण्ड विरुद्धको रिट इमोस्नल ब्ल्याकमेलिङ – चौधरी

Friendship Khabar