फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति

बर्मा लामा दोलखा २ मा ठुलोे अन्तरले जित निकाल्ने दावी

चरिकोट/नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा  लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट दोलखा प्रदेश सभा सदस्य पदमा निर्वाचनमा होमिएका छन् ।

जीवनको महत्वपुर्ण समय राजनीतिमै खर्चिएका लामा सिंगो दोलखाली जनता र पार्टीका कार्यकर्ताबिच लोकप्रिय नेताका रुपमा परिचित छन् । उनै लामा र एमालेका तर्फबाट भरत केसी बिच यो पटक दोलखा २ मा पेचिलो प्रतिष्पर्धा हुने देखिएको छ । उनिहरुसँगै दोलखा २ मा राप्रपाका राजन शिवाकोटी लगाएत साना दलका उम्मेदवारहरु पनि चुनाबी मैदानमा होमिएका छन् । तर अन्य दलका उम्मेद्वार बाहेक यस पटक मुख्य प्रतिष्पर्धा भने बर्मा लामा र भरत केसी बिचनै हुने भएको छ ।
बर्मा लामा दोलखाको मेलुङ गाउँपालिकामा जन्मिएको भएपनि विगत ३० वर्षदेखि दोलखा सदरमुकाम चरिकोटमा घर बनाएर बसेका नेता हुन् । राजनीतिक जीवन विताइरँहदा लामाले दोलखा २ मा धेरै सेवा र श्रम खर्च गरिरहेका छन् । त्यसैले पनि कांग्रेसले उनलाई दोलखा २ मा चुनाव लड्न भन्दै उम्मेदवार बनाएको उनि निकट कार्यकर्ताहरु बताउछन् । यसपटक गठबन्धन समेत भएकाले उनले सजिलै ठुलो अन्तरका साथ जित हात पार्ने कांग्रेसको विस्वास छ । उनले निर्वाचन जित्नुमा सबैभन्दा महत्वपुर्ण विषय भनेको जनतामाझ इमानदारीता हो । उनले आजसम्म झुटको खेति नगरेको लाभको पद नलिएको र सँधै जनतामाझ दुख सुख साट्दै राजनीतिमा लागिरहेका कारण पनि उनि निकै पपुलर बनेका हुन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि महत्वपुर्ण कमाण्ड सम्हालेका नेता लामा दोलखा कांग्रेसका सफल सभापति हुन् । दोलखा २ का अधिकांस स्थानीय तहमा गठबन्धनले निर्वाचन जितेका कारण पनि लामालाई यो पटक निकै सहज छ । उनले पाटीका अगुवा कार्यकर्ताहरुलाई गठबन्धनको पक्षमा डटेर लाग्न र यो पटक एमालेलाई दोलखाबाट निष्तेज पार्न पटक पटक आग्रहसमेत गरिरहेका छन् । चुनावी अभियानका क्रममा पनि उनको पक्षमा राम्रो लहर देखिएको छ । जनजाती समुदायका नेता लामा सबैलाई समान ढंगले हेर्नुपर्ने तर्क गर्छन , तैपनि उनलाई अन्य दलका जनजाती नेता कार्यकर्ताहरुले पनि खुलेर सघाउने तयारी गरेका छन् । एमालेप्रतिको घट्दो आकर्षशण समेत दोलखा २ मा उनिमाथी थपिएको उनि निकट नेताहरुको दावी छ ।

याे पढ्न छुटाउनु भयाे की ?

तामाकोसीको उत्पादन सुचारु, थपियो १२० मेगावाट बिद्युत

Kedar Dahal

सहकारीको ऋण नतिर्नेलाई सेवा सुबिधामा रोक:-अध्यक्ष लामा,१३ बुँदे साझा घोषणा जारी

Friendship Khabar

बालेन र हर्क साम्पाङहरुको जित सँग जोडिएका सवालहरु

Friendship Khabar